मलेसियाको मलक्कामा राती साढे १ वजे छापा ५२ जना पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ भाद्र ।

मलेसियाको मलक्कामा रहेको एक जंगलक्षेत्रमा छापा मार्दा ५२ जना विदेशिहरु पक्राउ परेका छन ।

राती करीव साढे १ वजे छापा हानिएको मलेसियाको अध्गागमन विभागले जनाएको छ । भाग्नको लागि कुनै पनि समय नहोस भनेर रातीमा सुतिरहेको वेलामा छापा हानीएको अनलाइर्न मेर्टाेमा पनि उल्लेख छ ।

मलक्का राज्याका जेआईएमका निर्देशन अनिरवान फौजी मोहम्मद ऐनीले भनेका छन गोप्य सुचनाको आधारमा छापा हानिएको हो ।

छापामा१३४ जनाको चेकजाचँ गर्दा ५२ जनाले वैधानिक कागजपत्र पेश गर्न नसकेपछि पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ४१ जना वंगलादेशि र ११ जना म्यानमारका छन ।

पक्राउ परेकाहरुको पहिला कोरोना टेष्ट गरीने र डिटेन्सनक्याम्पमा पठाईने उल्लेख छ । उनीहरु त्यहाँ वन्दैगरेको कन्टक्सन कम्पनीमा कार्यरत रहेको हुन सक्ने अध्गामनले जनाएको छ ।

मलेसियामा सुरक्षागार्डमा कार्यरत गोपालसिंह विष्टको गार्ड पोस्टमै ढलेर मृत्यु

वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–४ का ३३ वर्षीय गोपालसिंह विष्टको हिजो बुधबारको दिन मृत्यु भएको हो।

बिगत ३ बर्ष देखि मलेसियाको कावालान केशलामातान अनुग्रह सेक्युरिटी कम्पनीसंग आवद्ध रहि सुरक्षागार्डका रुपमा केलाङ लामा भन्ने ठाउँमा कार्यरत रहेका विष्टको ड्युटीमा खटिएकै बेला गार्ड पोस्टमै मृत्यु भएको सोही कम्पनीमा कार्यरत एक नेपालीले बताउनुभयो।

बुधबार खाना खाएर ड्युटीमै रहेका बेला एक्कासी ढलेका उनको त्यहिँ ठाउँको ठाउँ मृत्यु भएको जनाइएको छ। शवको पोस्टमार्टम गर्न बाकी रहेकोले विष्टको मृत्युको कारण बारे खुल्न सकेको छैन ।

उनको शवको पहिले कोरोना परीक्षण गरि पोस्टमार्टम गर्नको लागि क्लालाम्पुर अस्पतालमा राखिएको छ।रोजगारीको लागि उनी ३ वर्ष अगाडी प्रोफेसनल मेनपावर कम्पनीमार्फत मलेसिया रोजगारीमा आएका थिए।