ओली र देउवा मिल्ने चाल पाए पछि प्रचण्डलाई भेट्न कुदे माधव नेपाल

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ भाद्र ।

दुई दिन यता नेपालको राजननिती फेरी तरंगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली नजिकिएको खबरले ठूलै तरंग दिएको छ ।

ओली देउवा मिलनको खरबले सबै भन्दा धेरै झस्का माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाललाई लागेको छ । ओली र देउवा मिलनको खबर सुन्ने वित्तिकै प्रचण्डलाई भेट्न माधव नेपाल कुदेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो ।

करिब २० मिनेटजति भएको छलफल सरकारमा सहभागिता र सरकारका काम र ओली देउवा नजिकिएको अवस्थामा कसरी अगाडी बढ्ने भन्ने बिषयमा केन्द्रित रहेको स्रोतले दाबी छ ।

नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि अझै टुंगो लागिसकेको छैन ।

निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

हाल एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०बाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रम जारी छ ।