प्रचण्डले साह्रै सताएपछि ओलीसँग गठबन्धन गर्दै देउवा, माधवको रुवाबासी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १७ भाद्र ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई टचर दिन थालेका छन् । उनले मन्त्रालय भागवण्डादेखि एमसीसी पास गर्न नहुनेभन्दै टचर दिन थालेका छन् ।

त्यही टचरका कारण प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नजिक भएका छन् । देउवाले एमसीसी पास गराउन ओलीलाई भेटेपछि प्रचण्ड र माधव नेपालको टाउको दुखाईको विषय बनेको छ ।

अहिले देउवा र ओली फेरि नजिकिएपछि उनीहरुबीच गठबन्धन बनाउने विषयमा छलफल भएको छ । श्रोतका अनुसार एमसीसी पास गन कुरामिलेपछि गठबन्धन पनि बनाउन ओलीले देउवासँग प्रस्ताव राखेका थिए ।

विगतमा पनि यी दुई नेताबिच अघोषित गठबन्धन भएका समाचार आएकै हुन । कतिपय राजनीतिक र संवैधानिक नियुक्तिहरूमा भद्र सहमति बनाएर बढेको घटना ताजै छन् ।

अहिलेको अवस्थामा गठबन्धनमा प्रचण्डको र माधव नेपालको प्रेसर धेरै भएको कारण ओली सँग देउवाले सबन्ध अगाडि बढाएर राष्ट्रिय सहमतिको सरकार बनाउँदै चुनावमा जाने देउवाले रणनीति बनाए प्रचण्ड माधव नेपाल हरू चुनावमा पराजित हुने निश्चित प्राय छ ।

देउवा र ओलीबीच गठबन्धन बन्न सक्ने खास मुद्दा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीमा पनि हो । एमसीसी संसदबाट पारित गराउने पक्षमा देउवा र ओली दुवै छन् ।

तर, सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल विपक्षमा छन् । उनीहरु संशोधनविना एमसीसी पारित गर्न नहुने पक्षमा खुलिसकेका छन् । अब ओलीको साथ विना एमसीसी पारित गर्न देउवा सफल नहुने देखिएको छ । यसकारण पनि यी दुई नेताबीच गठबन्धन बन्न सक्छ ।

देउवा र ओली धर्मबारे उठिरहेको मुद्दाको सम्बोधनको पक्षमा सकारात्मक देखिएका छन् । दुवै नेता खुलेका छैनन् तर उनीहरुको भूमिकाले त्यस्तै सन्देश दिइरहेको छ । तर, सत्ता गठबन्धनका प्रचण्ड, माधवकुमार नेपाल र उपेन्द्र यादव तीनैजना धर्मनीरपेक्षको रक्षाका लागि खुलेका छन् ।

यो विषयले पनि सत्ता गठबन्धनभित्र विस्तारै टकराव आउन सक्ने देखिएको छ । देउवा ओलीसँग नजिकिने अवस्था यसकारण पनि बन्ने सम्भावना छ । २०७४ सालको आमनिर्वाचन अघि प्रचण्ड र देउवाबीच गठबन्धन थियो । पछि प्रचण्ड ओलीसँग मिले ।

स्थानीय चुनावताका देउवासँग गठबन्धन गरेर सरकारको नेतृतव गरेका प्रचण्डले आमनिर्वाचन हुँदा ओलीसँग सहमति गरेर देउवालाई अप्ठ्यारोमा पारेका थिए

मोटिभेट न्यूज