कोरोना संक्रमणले मलेसियामा कार्यरत नेपाली श्रमिक राम बहादुरको मृत्यु

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया), १६ भाद्र ।

मलेसियामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पुनः एक नेपाली श्रमिकको मृत्यु भएको छ।

नेपाल ठेगाना मोरङ जिल्ला बेलवारी नगरपालिका वडा नम्बर ११ निवासी ५१ बर्षिय नेपाली श्रमिक राम बहादुर धिमालको कोरोना संक्रमणले हिजो आईतवार साझको समयमा मृत्यु भएको हो।

मलेसियाको पेनाङमा अवस्थित एक पानी उत्पादक कम्पनीमा कार्यरत राम बहादुरमा केहि दिन अगाडिदेखि कोरोना संक्रमण देखिएको थियो। संक्रमण देखिए लगत्तै रामबहादुरलाई पेनाङकै अस्पतालमा भर्ना गरिएको थियो।

राम बहादुर अस्पतालमा उपचाररत रहेकै बेला मृत्यु भएको जनाइएको छ। हाल उनको मृत शव अस्पतालमै राखिएको छ। मृतकको घरमा श्रिमति र एक-एकजना छोराछोरी रहेका छ्न। तर छोरा पनि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत रहेको जानकारी प्राप्त भएको छ।