शेरबहादुर ओली सँग मिल्ने डरले प्रचण्ड र माधव नेपाल थर्कमान

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ भाद्र ।

परमादेश बाट बनेको सरकारले सरकार बेनेका लामो समय भइसक्दा पनी मन्त्रीपरिषद विस्तार गर्न नसकेर लाचार भइरहेको बेलामा एकाएक प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली सँग हात बढाएका छन् ।

शेरबहादुर देउवाले आफ्ना विश्वास पात्रलाई प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीलाई भेट्न पठाए पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल संशकित भएका छन् ।

धानमन्त्री देउवाले आफ्ना विश्वासपात्र कानुनमन्त्री ज्ञानेन्द्र कार्कीलाई मंगलबार राति बालकोट पठाएका थिए । कार्कीले मंगलबार साँझ ७ बजे ओलीलाई उनकै भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेटेका हुन्। ओली र कार्कीबीच साढे दुई घण्टा कुराकानी भएको थियो । दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो।

भेटका क्रममा संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सम्मका विषयमा कुराकानी गरिएको स्रोतले बतायो । त्यसअघि कार्कीले दिउँसो साढे ३ बजे एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेटवार्ता गरेका थिए।

‘मैले एमाले अध्यक्षलाई भेटेँ’, कार्कीले भने, ‘समसामयिक विषयमा राम्रै छलफल भएको छ। लोकतन्त्रलाई सुदृढ पार्दै संसदलाई प्रभावकारी बनाउने कुरा भएको छ।’

अमेरिकी सहयोग एमसिसी लामो समयसम्म प्रतिनिधिसभाबाट अगाडि बढ्न सकेको छैन। त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ। सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ।

कार्कीले संसदलाई प्रभावकारी बनाउने विषयमा धेरै समय कुराकानी भएको बताए। ‘एउटै भेटमा सबै कुरा टुङ्गो लाग्ने स्थिति छैन। सबै कुरामा छलफल भएको छ’, कार्कीले भने, ‘संसदलाई प्रभावकारी बनाउने विषयमा उहाँको चिन्ता चासो छ।’

प्रतिपक्ष एमालेले सभामुखको भूमिका र राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा संसद् अवरुद्ध गर्ने संकेत दिएकाले सरकारले प्रतिनिधिसभा बैठक बोलाउनै सकेको छैन । ‘तपाईंहरूसँग १ सय ६५ को संख्या छँदै छ, हाम्रो सहयोग किन चाहियो र रु ल्याउनुहोस् पारित गर्नुहोस्,’ कानुनमन्त्रीसँगको भेटमा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘एमसीसी पारित गर्न पनि हाम्रो सहयोग आवश्यक छैन ।

तपाईंहरूसँग बहुमत भएपछि हामीले किन सहयोग गरिराख्नुपर्‍यो ?’ स्रोतका अनुसार ओलीले २० प्रतिशतमै पार्टी फुटाउन मिल्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन गराएको, पार्टीबाट कारबाहीमा परेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पूर्वाग्रही ढंगले जोगाएको र कारबाहीमा परेका सांसदलाई सनाखत गराएर निर्वाचन आयोगले पनि पार्टी विभाजन गराउने भूमिका खेलेको भन्दै कार्कीसँगको भेटमा चर्को असन्तुष्टि पोखेका थिए । कार्कीले मंगलबार नै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग पनि कुराकानी गरेका थिए ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीले पहिलोपटक प्रतिपक्षी दलका नेतासँग भेटेको बताए।

‘हामीले सरकारमा रहँदा प्रतिपक्षलाई राज्यको महत्वपूर्ण अंगको रुपमा मान्यौँ, समझदारी राखेर अघि बढ्यौँ। प्रमुख प्रतिपक्षी प्रमुख प्रतिष्पर्धी पनि हो तर सरकारले एउटा समझदारी राख्नुपर्छ भन्ने सदासर्वदाको भनाई हो’, नेम्वाङले भने, ‘हामीले सरकारमा रहँदा सर्वदलीय बैठक गरेका छौँ। त्यतिबेला प्रधानमन्त्रीले पटक पटक शेरबहादुरजीसँग भेटिरहनु हुन्थ्यो। यहि कुरा हामीले सम्झाएका छौँ।’

नेम्वाङले अहिले बनेको गठबन्धन सरकारले प्रतिपक्षसँग सम्बन्ध नराखेको बताए। ‘उहाँहरुले सरकारमा आएपछि हेलो पनि गर्नुभएको थिएन’, नेम्वाङले भने, ‘यो ठिक होइन भनेर हामी भनिरहन्थ्यौँ।’

पछिल्लो समय सत्ता गठबन्धनका नेताहरुले प्रतिपक्षबारे गर्ने गरेको टिप्पणीबारे समेत नेकपा एमाले रूष्ट बनेको छ। नेपाली कांग्रेसले पनि त्यसमा साथ दिएको आरोप एमालेको छ। ‘हामी जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ भनेर भनेका छौँ’, नेम्वाङले भने, ‘तपाईंहरूले हाम्रो सरकारले ल्याएको अध्यादेश टेबल गर्न समेत नदिएर सदन अवरुद्ध गर्नुभयो। हामीले पहिलो बैठकमा अवरुद्ध गरेनौँ। हामी जिम्मेवार रुपमा प्रस्तुत हुन्छौँ भनेर भन्यौँ।’

नेम्वाङले सत्तारुढ नेपाली कांग्रेसलाई प्रतिपक्षीसँग सम्बन्ध राख्नुपर्छ भन्ने लागेको हुनसक्ने बताए। नेम्वाङले सत्तापक्ष र प्रतिपक्षबीच सम्पर्क कायम राखेर अघि बढ्न आफूले कार्कीलाई सुझाव दिएको बताए। ‘सायद प्रतिपक्षीसँग पनि सम्बन्ध राख्नुपर्छ भन्ने निष्कर्षमा सरकार पुग्यो अथवा के भयो’, नेम्वाङले भने, ‘सरकारका कानून मन्त्रीले हेलो गर्न थाल्नुभयो।