जबज सँग कति रिस रहेछ रामकुमारी झाँक्रीलाई ,पार्टी फुटाए पछि ओकलिन सबै कुरो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ भाद्र ।

नेकपा एमाले विभाजन गरेर बनेको नेकपा एकिकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले आफ्नो पार्टीले कुनै पनि हालतमा जनताको बहुदलीय जनवाद बोकेर नहिड्ने प्रष्ट पारेकी छिन् ।

नेकपा एसलाई जबज विरोधी पार्टी भेनेर आलोचना भइरहँदा नेतृ झाँक्रीको यस्तो अभिव्यक्ति आएको हो । नेकपा एसले जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मानेर नहिड्ने उनले प्रष्ट पारेकी छिन् ।

एउटै सिद्धान्तले पटक पटक क्रान्ती गर्न सकिने भन्दै झाक्रीले जनताको बहुदलीय जनवादको च्याप्टर क्लोज भइसकेको बताएकी छिन् । अब मार्गदर्शक सिद्धान्त भनेर जबजलाई बोकेर नहिड्ने भन्दै जबजले गर्ने जती काम गरिसकेको र अब केहि गर्न नसक्ने उनले ठोकुवा गरेकी छिन् ।

कान्तिपुर टेलिभिजनको कार्यक्रम फायर साइडमा कुराकानी गर्दै रामकुमारीले प्रदिप नेपाल र बामदेव गौतमले जबज भए मात्रै नेकपा एसमा आउँने कुरा गरेकोमा पनि असन्तुष्टि जनाएकी छिन् । पुजिँबादीक्रान्ती एक पटक भन्दा बढि हुन नसक्ने भन्दै अब जबज छोडेर नयाँ क्रान्तीका लागी अघि बढ्ने उनले बताइँन्छ । नेकपा एसको मार्गदर्शक सिद्धान्त मार्सवाद र लेनीनवाद हुने उनले बताएकी छिन्।

सोही कार्यक्रममा झाक्रीले केपी शर्मा ओली अध्यक्ष्य रहेको नेकपा एमाले भन्दा एक सिटै भएपनि बढि ल्याउछौं त्यति चाहि भन्न सक्छु म, त्यति चाहि भन्न सक्छु म, किनभने यो वर्ष थपिने मतादाता, गतसाल थपिने मतदाता र बिद्धवान पूर्व प्रधानमन्त्रीका गफ सुन्दै गरेर डिभि भर्न नपाका, विदेश जान नपाका, ति मतदातालाई तार्गेट गरेर यो पार्टी बनाउँदैछौं । त्यस कारण, यहाँ हुनै चिन्ह, नामले कुनै मान्छे अल्मलिन्छन भन्ने लाग्दैन ।

गठबन्धन सरकारले मन्त्रीमण्डललाई पूर्णता दिन आज पनि बैठक बसेको थियो तर अझै निर्णय भइसकेको छैन । माधब नेपाल नेतृत्व नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागि हुने निर्णय गरिसकेको छ । र मन्त्री छान्ने अधिकार संसदिय दलका नेता माधब नेपाललाई दिएको छ । एकीकृत समाजवादी पार्टीबाट मन्त्री बन्ने चर्चा रामकुमारी झाँक्रीको पनि हुदै आएको छ ।