प्रधानमन्त्री देउवा र ओलीबीच भयो यस्तो बोल्ड सहमति, अब के गर्लान् प्रचण्ड र माधव नेपाल ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ भाद्र ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना ‘दूत’ प्रतिपक्षी दलका नेताको निवासमा पठाएका छन् ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्ता गठबन्धनको दुरी बढिरहेका बेला प्रधानमन्त्री देउवाले दूत पठाएर सम्वाद प्रारम्भ गरेका हुन् । सत्ता गठबन्धनका नेताहरु प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवहरु प्रतिपक्षी नेता ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भइरहेका देउवाले सम्बन्ध सुदृढ बनाउन खोजेका हुन् ।

ओली प्रधानमन्त्री हुँदा देउवाले पूर्णरुपमा सघाएका थिए । अहिले पनि आफूहरु मिलेर जानुपर्ने सन्देश देउवाले ओलीलाई पठाएका छन् । देउवाको दूत बनेर कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की मंगलवार राती बालकोट पुगेका थिए । बालकोटमा ओलीसँग दुई घण्टा बढी कुराकानी भएको ओली निकट एक नेताले जानकारी दिए ।

भेटमा सरकारलाई सघाउन देउवाका तर्फबाट कार्कीले ओलीसँग आग्रह गरेका थिए । देउवाले सत्ता गठबन्धनमा प्रचण्ड र माधव नेपालहरुबाटै आफू चेपुवामा परेको भन्दै मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । ओलीले भने सुरुमा आफ्नो दल विभाजन गरेको, माधव नेपालहरुको कारवाही सभामुखले रोकेको, अध्यादेश ल्याएको भन्दै आक्रोश पोखेका थिए । तर अन्तिममा मिलेर जान कन्भिन्स भएको स्रोतको दाबी छ ।

संसद् सञ्चालन तथा एमसीसीबारे निर्णय लिने सम्बन्धमा देउवाले ओलीसँग सम्वाद थालेका हुन् । त्यसैगरी ओलीले ल्याएका अध्यादेशहरुबारे निर्णय लिन पनि संसदमा ओलीको सहयोग आवश्यक छ ।

देउवाले ओलीसँग पुरानै मित्रता दोहोरयाउन थालेपछि सत्ता गठबन्धनका नेता प्रचण्ड र माधव नेपालहहरु शशंकित बनेका छन् । उनीहरुले फेरि ओली र देउवा मिलेर केही गरिहाल्छन् भन्ने चिन्ताले सताएको छ ।

देउवाका दूतले ओलीभन्दा अगाडि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग भेट गरेका थिए । ‘प्रतिपक्षसँग सम्बन्धका बारेमा कुराकानी गर्न कानुन मन्त्रीज्यू मेरो कार्यकक्षमा आउनु भएको थियो । साँझ पार्टी अध्यक्षज्यूसँग कुराकानी गर्नु भयो,’ नेम्वाङले भने, ‘सरकार र प्रतिपक्ष दलबीचका सबन्ध कसरी मजबुत बनाउने भन्ने बिषयमा छलफल भयो ।