मन्त्रीपरिषद् विस्तारको मुखैमा फेरि आयो देउवाको ज्योतिषको भविष्यवाणी !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १६ भाद्र ।

नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ज्योतिष विद्यामा निकै विश्वास गर्छन् । प्रधानमन्त्री नियुक्त भएको ४८ दिन भइसक्दा पनि मन्त्रीपरिषदले पूर्णता पाउन सकेको छैन् ।

ज्योतिषी विद्याका कारण ४८ दिनसम्म मन्त्रीपरिषद विस्तार नभएको बालुवाटार श्रोतको भनाई छ । श्रोतको अनुसार भोली सोमबार वा पर्सी मंगलबार मन्त्रीपरिषद विस्तारका लागि उत्तम साइत रहेको छ । त्यही साइतमा मन्त्रीपरिषद विस्तार हुने बताइएको छ । यसअघि देउवाको ग्रहनक्षेत्रका आधारमा मन्त्रीपरिषद् विस्तार गर्दा अशुभ हुने देखिएको थियो ।

मन्त्रिपरिषद् विस्तारको विषय टुंग्याउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटारमा छलफल भएको छ ।

उत्तm छलफलले पनि भदौ १४ गते मन्त्रीपरिषद विस्तार गर्ने सहमति भएको छ । यो विषयमा हिजो पनि देउवा र प्रचण्डबीच छलफल भएको थियो । रकारलाई यथाशीघ्र पूर्णता दिनेबारे उनीहरूबीच छलफल भएको थियो । आज यसबारे सबै विषय टुंग्याएर भोलि मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ ।

यसैबीच नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् सांसद मेटमणि चौधरीले आफ्नो पार्टी भोलि सरकारमा जाने तयारीमा रहेको बताए । मन्त्रालयको भागबण्डा टुंग्याउन बाँकी रहेकाले त्यो टुंगिने वित्तिकै मन्त्रीपरिषद् विस्तार हुने उनको भनाई छ ।

प्रधानमन्त्री देउवा ज्योतिष पण्डित सुरेशचन्द्र रिजालको सल्लाह बेगर केही पनि काम गर्दैनन् । रिजाल तिनै ज्योतिष हुन्, जसले २०७४ को निर्वाचनअघि देउवालाई सातपटक प्रधानमन्त्री हुने योग छ भनेका थिए।