भीम रावलका गृह नगरकै मेयरसहितका जनप्रतिनिधीहरु एकिकृत समाजवादीमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १५ भाद्र ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व मन्त्री भीम रावललाई उनकैनगर प्रमुखले समेत साथ छोडेका छन् ।

अछाम जिल्ला साफेबगर नगरपालिका नगर प्रमुख कुल बहादुर कुँवर माघव नेपालले नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी) मा गएका छन् । नगर प्रमुख कुवर आईतवार माघव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको सुदूरपश्चिमका अगुवा कार्यकर्ता भेला सहभागी भएका हुन ।

सुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेशसभामा बलियो पकड थियो । रावलको रोजाइअनुसार प्रदेश सरकारमा एमालेका तर्फबाट मन्त्री बन्ने र हट्ने हुन्थ्यो ।

यसैगरी, एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँट पनि उनकै चाहना बमोजिम हुँदै आएको थियो । एमाले अध्यक्ष केपी ओलीको कटु आलोचक रावलले नेता माधव नेपालको साथ छोडेर एमालेमै रहने निर्णय गरेपछि उनलाई आफ्नो पकड सुदूरपश्चिम प्रदेशमा ठूलो धक्का लाग्ने देखिएको छ

नवगठित नेकपा एकीकृत समाजवादीतर्फ देखिन थालेका छन् । सुदूरपश्चिम प्रदेशसभामा एमालेबाट निर्वाचित २५ सदस्य छन् । विगतमा सभामुखबाहेक २४ सांसदमध्ये १७ जना नेपाल पक्ष र सातजना ओली पक्षमा थिए । माधव पक्षमा रहेका १७ जना नै रावलनिकट थिए । ति मध्ये अधिकांश रावलको साथ छोडेर नेपाल पक्षमा खुलेका छन् ।

#भीमरावल #समाजवादी