रञ्‍जित तामाङले ऐन महरलाई ‘खच्चड’ भनेपछि कार्यक्रममै हात हालाहाल

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १५ भदौ ।

माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्‍जित तामाङले अनेरास्ववियुका संयोजक ऐन महरलाई खच्चड भनेपछि भनाभन भएको छ। आज (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै तामाङले संयोजक महरलाई खच्चड भनेपछि कार्यक्रममै भनाभन भएको छ।

उक्त कार्यक्रममा तामाङले खच्चड तरिकाले महरले कार्य गरेको विद्यार्थी संगठनमध्य सबैभन्दा कुतर्क गर्ने विद्यार्थी नेता ऐन महर आरोप लगाएपछि भनाभन भएको हो।

तामाङले नेपालको विद्यार्थी संगठनको नेतृत्व गर्ने मान्छे नै राम्रो नभएको र आफ्नो पार्टीको नेतृत्व सरकार हुँदा सरकारको कुनै पनि गलत कामलाई बहिस्कार गर्न नसकेको आरोप लगाए।

एमाले नेतृत्व सरकारले धेरै गलत कामहरु गर्दै आए पनि ऐन महरले कहिले पनि विरोध नगरेको र जुनसुकै निर्णयलाई स्वागत गरेको आरोप लगाए। आफ्नो पार्टीको सरकार ढले लगत्तै ऐन महर सडकमा आएर नेपाल प्रहरीविरुद्ध ढुंगा, बुढा गरेको उनले बताए।