अण्डा खाएपछि भुलेर पनि यी खानेकुराहरू नखानुहोस्

हाम्रो सन्देश संवाददाता

हामीले विभिन्न प्रकारका खानेकुराहरु खाने गर्दछौं । यति मात्रा होइन विभिन्न प्रकारका खानेकुराहरु एकैचोटी पनि खाने बानी हुन्छ कसै कसैलाई त । हुनत कुनै कुनै चिजहरु एकैठाँउमा मिलाएर खाँदा बढी स्वादिष्ट हुन्छ । तर, कुनै चिजहरु यस्ता हुन्छन् जुन एकै चोटी खाएमा यसले स्वास्थ्यमा गम्भिर असर पनि पार्न सक्छ । जसमध्ये अण्डा पनि एक हाे । अण्डामा विभिन्न प्रकारका प्रोटिन पाइन्छ जसले मानव शरीरलाई उर्जा, हड्डीहरुलाई सुद्धढ पार्ने, यसका साथै आँखाको लागि पनि एकदमै फाइदा गर्दछ । अण्डा खानु मानव स्वाथ्यको लागि फाइदा त हुन्छ तर यदि दैनिक रुपमा उसिनेको अण्डा खाँदा केही कुरामा ख्याल गर्नु आवश्यक हुन्छ ।

केरा-अण्डा खान साथ केरा कहिले पनि खानु हुँदैन । यसले पेटसँग सम्बन्धित थुप्रै समस्याहरु निम्त्याउन सक्छ । तसर्थ अन्डा खान साथ भुलेर पनि केरा खानु हुन्न ।

कागती-कतिपय मानिसहरुको अण्डामा कागतीको रस राखेर खाने बानी हुन्छ । त्यो गलत हो किनकि अण्डामा कागतीको रस राखेर खाने गर्नाले रक्तनलीमा हानी हुन्छ र ह्दयघातको समस्या पनि हुन सक्छ ।

माछा-उसिनेको अण्डा खानसाथ कहिले पनि माछा मासु खानुहुँदैन ।यसो गर्नाले छालासम्बन्धी विभिन्न समस्याहरु हुन सक्छ ।