बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १४ भदौ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन गर्ने अन्तिम दिन भोलि अर्थात् मंगलवार रहेको छ ।

कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज (सोमवार) भएपनि आज सार्वजनिक विदा परेका कारण मंगलवार बैंकिङ समयपश्चात विक्री बन्द गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले साउन ३२ गतेदेखि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीय बासिन्दहरुका लागि ४ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यस आईपीओमा आवेदकले १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् ।

नुवाकोटमा रहेको ज्योति विकास बैंकको शाखा, प्रभु बैंकको शाखा र सिभिल बैंकको शाखाबाट आईपीओमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीले निष्कासन गरेको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इक्युआर रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको देखाउँछ ।