स्तन क्यान्सर के कारणले हुन्छ ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

स्तन क्यान्सर बढी महिलाहरुमा हुने रोग हो। उक्त रोगका कारण कतिपय महिलाले ज्यानै समेत गुमाउनु परेको छ । स्तन क्यान्सर किन हुन्छ ? यसबाट बच्न के गर्ने ?

स्तन क्यान्सर के कारणले हुन्छ ?
१५ देखि ३० प्रतिशत स्तन क्यान्सर वंशाणुगत कारणबाट सर्छ भन्ने पनि गरिन्छ । स्तन क्यान्सर भयो भन्दैमा आतिनु हुँदैन । सुरुमा नै उपचार गराउन सके राम्रो परिणाम दिन्छ ।

कारणहरू :

—वंशाणुगत–आमा, दिदी, बहिनी, छोरी मध्ये कुनै एकमा भएमा ।—१२ वर्षभन्दा पहिले महिनावारी भएका र ४५ वर्षपछि पनि महिनावारी ।—मदिरा सेवन तथा धुम्रपान गर्ने महिला ।—पाँच वर्ष भन्दा बढी परविार नियोजनका साधन पिल्स वा सुई प्रयोग गरेका महिला । —अखाद्यय खानेकुरा खाएमा,मोटो महिलामा, डिला विवाह गर्न,ढिला बच्चा जन्माउने महिलामा स्तन क्यान्सर हुन सक्ने सम्भावान छ भन्छ विज्ञानले ।

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
—स्तनमा गिर्खा हुनु र गिर्खा कडा हुनु ।—स्तन वा स्तनको मुन्टोको आकार–प्रकार परविर्तन हुनु ।
—स्तनको मुन्टोबाट रगत आउनु ।—स्तनको छालाको रगं परिवर्तन हुनु ।—स्तनमा कडा गिर्खा फेला परे ।—लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए ।—महिनावारीमा धेरै रगत बगे ।—लामो समयसम्म घाँटी दुखे ।—मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए ।—पेटमा लामो समयसम्म गडबडी भए ।—अनपेक्षित रूपमा तौल घटे ।—लामो समयसम्म घाउ वा चोटपटक निको नभए ।

कस्ता व्यक्तिलाई स्तन क्यान्सर हुन्छ ?

मध्यपान र धुम्रपान गर्ने, ३५ वर्षको उमेरपछि बच्चा जन्माउने महिलाहरू, ढिला विवाह गर्ने, स्तनपान नगराउने, पहिला एउटा स्तनमा क्यान्सर भइसकेका महिलाहरू, चिल्लो र बोसोयुक्त खाना बढी खाने र यदि आमालाई स्तन क्यान्सर छ भने उसको सन्तानलाई पनि हुने सम्भावना हुन्छ । भक्तपुर क्यान्सर अस्पतालबाट सन् २०१६ मा मात्रै १ सय ८० जना स्तन क्यान्सरका बिरामीले सेवा लिएका छन् ।

स्तन क्यान्सरबाट कसरी बच्ने ?

स्तन क्यान्सरका चार चरणहरू छन् । स्तन क्यान्सर लागेको खण्डमा कति वर्षसम्म बाँच्न सकिन्छ भन्ने कुरा क्यान्सर कुन चरणमा छ भन्ने कुरामा भर पर्छ । पहिलो चरणमा स्तन क्यान्सर छ भन्ने थाहा भयो भने पाँच वर्षपछि क्यान्सरहित हुन सकिन्छ वा लामो आयु बाच्न सकिने विज्ञहरु बताउँछन । यो रोगबाट बच्न हामीले नियमित स्तनको चेकजाच, स्तनको स्वयं परीक्षण गर्ने, अखाद्य खानेकुरा नखाने, धुम्रपान, मध्यपान नगर्ने र स्तनमा केही समस्या देखिना साथ तुरुन्त अस्पताल वा चिकित्सकोमा जानु विज्ञहरुको भनाई छ ।