साप्ताहिक राशिफलः भदौ १३ देखि १९ गतेसम्म हेर्नुहोस राशिफल !

हाम्रो सन्देश संवाददाता

मेषः पढाई लेखाईमा मन जाने हुनाले सफलता हात पार्न सकिनेछ । छोटो दुरिको आन्तरिक यात्राको तय गर्न सकिनेछ । दाजुभाईबाट सहयोग पाईने हुनाले आट तथा शाहस गरी लगानि बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । सकारात्मक सोचको माध्ययमबाट रुढिवादि परम्परालाई चिरफार गर्न सकिनेछ । लेखनकलाको माध्यामबाट अन्ध विश्वासलाई चिर्दै समाज रुपान्तरण गर्नमा तपाईको सक्रिय भुमिका रहनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले आलोचना हुनेछ । माया प्रेममा मन मुटाब बढ्नेछ भने आफन्त तथा घर परिवारसँग टाडा हुने समय रहेको छ । घर जग्गा तथा सवारी साधनको कारोबाट गर्दा ध्यान दिनुहोला ।

वृषः रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथीभाईका साथमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् भने व्यावसाय फस्टाएर जानेछ । व्यापारमा समय दिन सके मनग्गे आम्दानी हुनेछ भने भौतिक सम्पत्ती तथा धातु संग्रह गर्न सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले घर परिवार तथा आफन्तका बिच देखिने नमिठो पन हल गर्दै राम्रा काम गर्न सकिनेछ । विलाशी तथा भौतिक बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । बढी नै रमाईलो गर्न खोज्दा शुभचिन्तकहरु रिसाउनेछन् । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । प्रेममा अविश्वास बढ्नेछ ।

मिथुनः मंगलवार साँझसम्मको समय मध्यम रहेकोले दैनिक खर्च बढ्ने तथा आर्थिक व्यावस्थापन गर्न नजान्दा दिन प्रतिकुल बन्नेछ । आफन्त तथा अपरिचीत व्याक्तिको विस्वास गर्नाले धो का पाईनेछ । स्वास्थ्यमा समस्या आउने तथा उपचार खर्च बढ्नेछ । मंगलवार साझबाट समय उत्तम रहेकोले नयाँ प्रविधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका आफन्तहरुसँगको नाता पुनः सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेम सुमधुर भएर जानेछ भने पति पत्निबीच विश्वास बढ्नेछ । पेशा, व्यवसाय फस्टाएर जानेछ ।

कर्कटः साताको सुरु र अन्तको समय राम्रो रहेकोले पारिवारिक माहोलमा समय बित्ने हुनाले दिन रमाईलो तथा उल्लासमय बित्नेछ । महंगो तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी ईज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ । बुधवार र बिहीवारको समय मध्यम रहेकोले आफन्त तथा साथी भाईबाट टाडिनु पर्दा मन खिन्न हुनेछ । आशा देखाउनेहरु सक्रिय हुनेछन् । कार्यक्षेत्रमा आलोचना गर्नेहरुबाट सजक रहनुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला ।

सिंहः साताको शुरु र अन्तको समय मध्यम रहेकोले आफन्त तथा बुवा सरहका मानिससँग मनमुटाव सिर्जना हुनेछ । व्यापार व्यवसायबाट न्यून आम्दानी हुनेछ । राजनीति तथा समाजसेवामा जनताको काम गर्न नसकिने हुँदा ईज्जत प्रतिष्ठामा कमिको महशुस हुनेछ । सरकारी काममा सेवा प्रवाह गर्नेहरुको ढिलासुस्तिले समयमा काम बन्ने छैन । अध्ययन तथा अध्यापनमा समय बढि नै लगानी गर्नुपर्ने देखिन्छ । मंगलबार साझबाट बिहीवारसम्मको समय राम्रो रहेकोले कामको सवालमा विशिष्ट व्यक्तिहरुसँग भेटघाट हुनेछ । आफन्त, घरपरिवार तथा साथीभाईहरुका सहयोग पाईनाले मन प्रशन्न रहनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा सानो लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरुका लागि समय फलदायी रहेको छ ।

कन्याः समय राम्रो रहेकोले पढाइ लेखाइमा राम्रो प्रगती गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा रुची बढ्नेछ । सानो लगानीबाट शुरु गरीएको लगानी फस्टाएर जाने तथा मनग्गे फाईदा कमाउन सकिनेछ । माया प्रेम राम्रो भएर जानेछ । धर्म संस्कृती तथा रितीरिवाज जर्गेना गर्ने काममा तपाईको सहभागिता हुनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरिको गतिलो योग रहेकोछ । लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा वृद्धि भएर जानेछ । नया ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् ।

तुलाः मंगलवार साँझसम्मको समयम मध्ययम रहेकोले व्यक्तिगत स्वार्थ तथा वैराग्य भाव त्यागेर अगाडि बढ्नुहोला । सवारी साधन तथा भौतिक सम्पतीको प्रयोग गर्दा बिशेष सावधानि अपनाउनु होला । थकानको अनुभुति हुनेछ भने दिनभर परिश्रम गरेपनि न्यून उपलब्धि हासिल हुनेछ । मंगलबार साझबाट खोज तथा अनुसन्धानको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । धार्मिक प्रतिष्ठान तथा मन्दीर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुनाले सानो लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा दाजुभाईको सहयोग पाईने हुनाले मन प्रशन्न हुनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय फलदायी रहनेछ ।

वृश्चिकः साताको शुरु र अन्त्यको समय उत्तम रहेकोले व्यापारमा उच्च प्रतिफल हात पार्न सकिनेछ भने व्यापारकै शिलशिलामा रमाईलो यात्रा गर्न सकिनेछ । प्रेम तथा मित्रता राम्रो भएर जानेछ भने जीवन साथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैँतिर ल्याउन सकिनेछ । अतिथिको रुममा सम्मान पाईनुको साथै रमाईलो घुमघामको समेत अवसर आउनेछ । बुधवार र बिहीबारको समय मध्ययम रहेकोले सं क ट व्यावस्थापनमा चालिएका कदमहरु निःअर्थक हुनेछन् । गोप्य योजनाहरु बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरुले पनि सहयोग गर्ने छैनन् । अल्छि गर्ने बानिले काम बाँकी रहनेछ । व्यापारमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

धनुः समय मध्ययम रहेकोले पुराना रोग पुनः बल्झिनाले स्वास्थ्यमा समस्या आउन सक्छ । विद्या तथा प्रतिस्पर्धामा आजको दिन समय मध्ययम रहेकोले प्रतिस्पर्धी हरु नै हावी हुनेछन् । अदालती निर्णयहरु तपाईको पक्षमा आउने छैनन् । आफन्त,मामा तथा मावली पक्षसँग राय बाजिनेछ । तरपनि प्रयत्न गर्दा फेन्सी तथा विलाशी वस्तुको व्यापारबाट मनग्गे आम्दानी बढाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । साथी संगि तथा ईष्ट मित्रबाट उपहार प्राप्त हुनेछ । माया प्रेममा नजिक हुन सकिने तथा पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मकरः समय राम्रो रहेकोले लगनशिलता तथा ईमान्दारिताले दैनिकी परिवर्तन गर्न सकिनेछ । भौतिक सम्पत्ती तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढाउन सकिनेछ । मामा तथा मावली पक्षबाट तपाईको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । श त्रु तथा प्रतिस्पर्धी हरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलव्धी हासिल गर्न सकिनेछ । पढाई लेखाईमा अरुलाई किनारा लगाउँदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यवसाय थालनी गर्न सकिनेछ । औ ष धी जन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

कुम्भः साताको शुरु र अन्तको समय मध्ययम रहेकोले न्यायालयका काममा अलमल हुनेछ भने न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा प्रतिष्पर्धिहरुनै हावी हुनेछन् । स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ । आफन्त तथा मावलीसँग सैद्धान्तिक राय बाजिनेछ । मंगलवार साझबाट बिहीवारसम्मको समय उत्तम रहेकोले वौद्धिक व्यक्तीत्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको ख रो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाई लेखाईमा अरुभन्दा एक कदम अगी बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउनेछ । शिक्षा व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ ।

मीनः बुधवार सम्मको समय मध्ययम रहेकोले आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । बिहीवारबाट समय उत्तम रहेकोले आकस्मिक धन,सम्पत्ती लाभ हुने तथा चिठ्ठा,उपहार प्राप्तिको योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबीचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरिले तपाईको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईकै पोल्टोमा पर्नेछ ।