काठमाडौँ, ११ भदौ ।
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबावु पण्डितले एमाले विभाजन गराएर एकिकृत समाजवादी पार्टी खोल्ने माधव कुमार नेपाल एमालेमै फर्किने ठोकुवा गरेका छन् । लालबाबुले नेता नेपालमाथी कडा टिप्पणी गरेका हुन् ।
ओटीभी नेपाल डट कम सँगको विशेष कुराकानीमा एमाले नेता पण्डितले माधव नेपालले अहिले शेरबहादुर देउवाले पुलपुल्याएका कारण पार्टी फुटाएको भन्दै भोली उनीहरुबाट नै गालामा दुर्इ थप्पड खाए छि ऐया आथा मलाई बचाउ भन्दै माधव नेपाल एमालेकै शरणमा आइपुग्ने ठोकुवा गरे ।
कुराकानीकै क्रममा एमाले नेता पण्डितले माधव कुमार नेपालले मात्र पद र सत्ताका लागि पार्टी विभाजन गराएको बताए । माधव नेपालको एक मात्र उदेश्य कसरी एमालेलाई सिध्याउँने भन्ने मात्रै रहेको र त्यसैको परिणाम आज देखिएको उनले बताए ।
मुखले विधी पद्धतीको कुरा गर्ने तर व्यवहारमा कहिल्यै विधी सँग सामना गर्न नसक्ने कारण यस्तो भएको भन्दै पण्डितले माधव नेपाललाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दक्षिणामा चाहिएको बताए । महाधिवेशनमा लड्न नसक्ने धैयर्ता गर्न नसक्ने अनि अहिलेनै चाहियो त्यो पनि दक्षिणामा के प्रधानमन्त्री र पार्टी अध्यक्ष पद दक्षिणामा पाइने पद हारुे पण्डितले प्रश्न गरे ।
माधव नेपाललाई प्रचण्ड सँगको लिभिङ टुगेदरले चुर्लुम्म डुबाएको पनि पण्डितले आरोप लगाए । प्रेममा भएका केटाकेटीले केही कुरा नसोची एकसुरले लागे जस्तै माधव नेपाल पनि प्रचण्ड सँगको प्रेमका कारणले एमाले फुटाउन जोडतोडले लागेको बताए ।
अब आजैका मितिबाट माधव नेपालको पछि लागेर नयाँ पार्टीमा जानेहरुको हरिविजोग सुरु हुने भन्दै पण्डितले उनीहरुको विजोग देख्न चुनाव सम्म पनि पर्खन नपर्ने दावी गरे । प्रचण्ड र देउवाबाट धोका पाए पछि नांगेझार भएर एमालेमै शरण लिन आउनु पर्ने अवस्था आउने पण्डितले ठोकुवा गरे ।
कुराकानीका क्रममा नेता पण्डितले को को सँग मिलेर गठबन्धन गरेर आउने हो आए हुन्छ भन्दै नेपाली काग्रेसलाई पनि चुनौती दिएका छन् । चुनावी मैदानमा नेकपा एमाले एक्लै सामना गर्न तयार रहेको पण्डितले बताए ।