सरकारमा सहभागी हुने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको घोषणा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १० भदौ ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने घोषणा गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले औपचारिक रुपमा सरकारमा सहभागी हुने जानकारी गराएका हुन् ।

एमाले निर्वाचन आयोगविरुद्ध अदालत किन जाँदै छ ?

नेकपा एमाले निर्वाचन आयोगविरुद्ध अदालतजाने भएको छ । एमाले केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका सांसदहरूलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

बैठकले सभामुख अग्नि सापकोटाको पनि विरोध गर्ने निर्णय गरेको छ । बैठकले एमाले छोडेर नयाँ दर्ता दल गरेकाहरूलाई निष्कासन गर्ने पनि निर्णय गरेको छ । तर, भुल सुधार गरेर आउनेलाई स्वागत गरिने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।