मलेसियामा नक्कली भिसा स्टिकर,आईसी,ड्राईभिङ लाईसेन्स बनाउने विदेशीहरु पक्राउ

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया), १० भदौ ।

मलेसियामा नक्कली भिसा , जलान कार्ड लगायतका काजजात बनाउने तीन जना विदेशी कामदारहरु पक्राउ परेका छन।

मलेसियन अध्यागमन बिभागद्वारा विशेष सुराकीको आधारमा लामो समयदेखि नक्कली भिसा लगाउने र जलान कार्ड लगायतको सरकारी कागजातहरु बनाउने पक्राउ पर्नेहरु सबै पाकिस्तानी नागरिकहरु रहेको मलेसियन अध्यागमन बिभागद्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ।

सेतापार्क,क्वालालम्पुर,सेरी काम्वानाग,सेलागर क्षेत्रमा अपरेशन गर्दा पक्राउ परेका ति पाकिस्तानी नागरिकहरुले विशेष गरी मलेसियाको भिषा स्टिकर लगाउने छाप्ने त्यस्तै क्यानडा , जापान लगायतको देशमा पनि जान मिल्ने नक्कली भिसा लगाउने , ड्राइभिङ लाईसेन्स,शरणार्थी कार्ड तथा पासपोर्टका कार्यहरु गर्ने गरेका थिए ।

पक्राउ परेका उनीहरु संग २३२० वटा नक्कली स्टिकरहरु रहेका थिए यसैगरी डेक्सटप कम्प्युटर,प्रिन्टर,ल्यामिनेशन मेशिन,पासपोर्ट रिर्डर र विभिन्न देशको स्टाम्प सहित दुई होण्डा सिभिक गाडि र प्रोटोन वाजा कारहरु पनि वरामत गरेको जनाएको छ।

यदि उनीहरुले गरेका यि सवै क्रियाकलाप प्रमाणित भएमा ५ देखि १० वर्षसम्मको कैद सजाय र ६ कोर्रा सम्म हान्न सकिने मलेसियाको कानुनमा ब्यवस्था रहेको पनि उल्लेख गरिएको छ। BERNAMA