क्वालालम्पुर (मलेसिया), १० भदौ ।
मलेसियाको नेगेरी सेम्बिलान राज्यमा अवस्थित केरामिक कम्पनीमा मलेसियन अध्यागमन बिभाग (इमिग्रेशन) ले छापामारी गरि ५५ जना अवैधानिक विदेशी कामदारहरुलाई पक्राउ गरेको छ।
एक विशेष सुचनाका आधारमा बिभागले सो कम्पनीमा छापामारी गरि चेकजाँच गर्ने क्रममा २४१ जना मध्य बैधानिक कागजात अथवा साथमा कुनै ट्राभल डकुमेन्ट नभएको बङ्लादेशको ४८ जना बङ्लादेशी कामदार र नेपालको ७ जना नेपाली कामदारहरु संगै रोजगारदाता कम्पनीको मालिकलाई समेत अध्यागमन बिभागको प्रहरीद्वारा पक्राउ गरिएको हो।
पक्राउ परेका ति ५५ जनालाई डिटेन गरिसकिएको र अहिले लेबर रिक्यालिब्रेशन कार्यक्रम (भिसा) लगाउन मिल्ने कार्यक्रम डिसेम्बर महिनासम्म खुलेको रहेतापनि अवैधानिक कामदारहरु ल्याएर काममा लगाएको तिनीहरुलाई वैधानिक बनाउने प्रक्रियामा सहभागी नगराइएको आरोपमा कम्पनीको मालिकलाई समेत पक्राउ गरिसकिएको र थप कारवाहीको लागि आवश्यक छानबिन समेत भैइरहेको जनाइएको छ। SOURCE : BERNAMA