यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १० भदौ ।

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ८७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?