माधव नेपाल गुहार–गुहार मलाई बचाउँ भन्दै एमालेमै शरण लिन आइपुग्छनः लालबाबु पण्डित

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १० भदौ ।

नेकपा एमालेलाई विभाजन गराएर एकिकृत समाजवादी पार्टीको अध्यक्ष बनेका माधव नेपालको बारेमा पूर्वमन्त्री समेत रहेको एमाले नेता लालवावु पण्डितले नयाँ भविश्यवाणी गरेका छन् ।

यस अघि ओटीभी नेपाल मार्फत लालवावुले माधव नेपालका बारेमा मन्त्री खान नपाए माधव नेपालका मान्छे दाम्लै चुडालेर जान्छन् भन्ने आशयको भविश्यवाणी ठ्याक्कै मिलेको थियो । आज फेरी ओटीभी नेपाल मार्फत नै उनले नयाँ भविश्यवाणी गरेका छन् ।

ओटीभी नेपाल डक कम सँगको विशेष कुराकानीमा एमाले नेता पण्डीतले केहि समय भित्रै अहिले एमाले फुटाएर एकिकृत समाजवादी पार्टी खोलेर हिँडेका माधव नेपाल गुहार गुहार मलाई बचाउ भन्दै एमालेमै शरण लिन आइपुग्ने ठोकुवा गरेका छन् ।

आहिले शेरबहादुर देउवा र प्रचण्डको मायाजालमा चुर्लुम्म डुबेर माधव नेपालले एमाले विभाजन गराएको आरोप लगाउँदै नेता पण्डितले अहिले माधव नेपाल पुलपुलिएका छन् भोली प्रचण्ड र शरेबहादुर देउवाले गालामा चड्कन हान्दा चाल पाउँने बताए ।

ओटीभी नेपाल सँगकै कुराकानीमा एमाले नेता पण्डितले माधव कुमार नेपालले मात्र पद र सत्ताका लागी पार्टी विभाजन गराएको बताए । माधव नेपालको एक मात्र उदेश्य कसरी एमालेलाई सिध्याउँने भन्ने मात्रै रहेको र त्यसैको परिणाम आज देखीएको उनले बताए ।

मुखले विधी पद्धतीको कुरा गर्ने तर व्यवहारमा कहिल्यै विधी सँग सामना गर्न नसक्ने कारण यस्तो भएको भन्दै पण्डितले माधव नेपाललाई पार्टी अध्यक्ष र प्रधानमन्त्री पद दक्षिणामा चाहिएको बताए । महाधिवेशनमा लड्न नसक्ने धैयर्ता गर्न नसक्ने अनि अहिलेनै चाहियो त्यो पनि दक्षिणामा के प्रधानमन्त्री र पार्टी अध्यक्ष पद दक्षिणामा पाइने पद हारुे पण्डितले प्रश्न गरे ।

माधव नेपाललाई प्रचण्ड सँगको लिभिङ टुगेदरले चुर्लुम्म डुबाएको पनि पण्डितले आरोप लगाए । प्रेममा भएका केटाकेटीले केही कुरा नसोची एकसुरले लागे जस्तै माधव नेपाल पनि प्रचण्ड सँगको प्रेमका कारणले एमाले फुटाउन जोडतोडले लागेको बताए ।

अब आजैका मिति बाट माधव नेपालको पछि लागेर नयाँ पार्टीमा जानेहरुको हरिविजोग सुरु हुने भन्दै पण्डितले उनीहरुको विजोग देख्न चुनाव सम्म पनि पर्खन नपर्ने दावी गरे । प्रचण्ड र देउवाबाट धोका पाए पछि नांगेझार भएर एमालेमै शरण लिन आउनु पर्ने अवस्था आउने पण्डितले ठोकुवा गरे ।

कुराकानीका क्रममा नेता पण्डितले को को सँग मिलेर गठबन्धन गरेर आउने हो आए हुन्छ भन्दै नेपाली काग्रेसलाई पनि चुनौती दिएका छन् । चुनावी मैदानमा नेकपा एमाले एक्लै सामना गर्न तयार रहेको पण्डितले बताए ।