ओली एमाले छाडेर दुई सांसद माधब नेतृत्व एकीकृत समाजवादी पार्टीमा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ९ भदौ ।

माधब नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीमा रोज्ने लहरै चलेको छ । यस्तै आज माधव नेपाल निकट कर्णाली प्रदेश सभाको दुई जना सांसदले नेकपा एकीकृत समाजवादी नै रोजेका छन् । मुगुबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद चन्द्रबहादुर शाही र रुकुमपश्चिमकी सांसद देवी ओली नेकपा एकृकीत समाजवादीमा लागेका हुन् ।

एमाले मुगुका सस्थापक, केन्द्रीय सदस्य समेत रहेको शाहीले भने, ‘म जेठपछिको मनोनित सदस्य भएकोले सनाखत गर्न मिलेन म समाजवादीमै छु ।’ सांसद ओली भने यसअघि नै आफू समाजवादी पार्टीमा लागिसकेको बताइसकेकी छन् ।

शाही र आली दुवै जना समाजवादीका केन्द्रीय सदस्य समेत हुन् । कर्णालीबाट सनाखत गर्नेमा प्रकाश ज्वाला, शेरबहादुर केसी र हंशबहादुर शाही छन् । उनीहरु निर्वाचन आयोगमै पुगेर सनाखत गरेका हुन् ।