कारोना सक्रमण बढेपछि भेरी अस्पतालको आइसोलेसन वार्ड भरिन थाल्यो

हाम्रो सन्देश संवाददाता

नेपालगन्ज, ९ भदौ ।

भेरी अस्पताल नेपागन्जको कोभिड वार्डमा संक्रमितको संख्या बढेको छ ।

नेपालगन्जका विभिन्न प्रयोगशालामा दैनिक रूपमा नयाँ संक्रमित थपिन थालेपछि बिरामीको चाप बढेको हो । भेरीमा उपचारका लागि आउने संक्रमितको संख्या दैनिक रूपमा बढ्दो क्रममा रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्वास्थ्यकर्मीका अनुसार अस्पतालमा आउने संक्रमितहरू अधिकांश गम्भीर खालका रहेका छन् । अस्पतालको कोभिड वार्डमा एक महिनाअघि सम्म ५-६ जना मात्र संक्रमित भर्ना भएकोमा अहिले त्यो संख्या बढेको कोभिड वार्डमा कार्यरत नर्सिङ अधिकृत मौनता अर्यालले बताउनुभयो । स्वास्थ्यका मापदण्ड पालना नगरी लापरबाही यथावत् रहेमा कोरोना महामारीको स्थिती भयावह हुने फिजिसियन डा. संकेत रिसालले बताउनुभयो ।