मलेसियामा सक्रमणवाट सेक्युरिटिमा कार्यरत ३६ वर्षका चन्द्रको मृत्यु हार्दिक श्रद्धाञ्जली

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ९ भदौ ।

मलेसियामा सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ । रामेछापको लिखुतामाकोशि ५ घर भई विगत तीन वर्ष देखि मलेसियाको फास्क सेक्युरिटिमा कार्यरत ३६ वर्षका चन्द्र वहादुर राउतको सक्रमणवाट मृत्यु भएको हो ।

केहि दिन अगाडि देखि चन्द्रमा सक्रमण देखिएको थियो । कारोना सक्रमण देखिएपछि कम्पनीले शरेडाङ अस्पतालमा लगेर उपचार गराईरहेको थियो । उपचारकै क्रममा सोमवार दिउसो मृत्यु भएको हो ।

शवलाई पोसमार्टम पश्चात मलेसियामै अत्येष्ठि गर्नको लागि आवश्यक पहल भैरहेको कम्पनीमा कार्यरत नेपालीहरुले जनाएका छन । चन्द्रको मलेसियाको रोजगारी दोश्रो पटक थियो । यस अघि २०१४मा आएर २०१७मा नेपाल फर्किएर फेरी हाल काम गरिरेहको सेक्युरिटि कम्पनीमा आएका थिए । चन्द्रको परिवारमा श्रीमती र दुईछोरा रहेका छन ।

युरोप छिर्न खोज्दा मारिएका अनारामको शव १ वर्षपछि नेपालमा

विगत १ वर्षदेखि इराकको कुर्दिस्तानस्थित शवगृहमा अलपत्र परेको एक नेपालीको शव शनिबार बिहान काठमाडौं आइपुगेको छ। बाग्लुङ निसिखोला गाउँपालिका वडा नम्बर–१ साविक देवीस्थान–३ केटेनी निवासी अनराम विश्वकर्माको शव शनिबार काठमाडौं आइपुगेको हो।

उनी १० सेप्टेम्बर २०२० मा कुर्दिस्तानको एर्विलबाट युरोप प्रवेश गर्ने क्रममा इरानको सीमा नजिकै च्वारता भन्ने ठाउँमा मारिएका थिए। टर्कीको अवैध बाटो प्रयोग गरेर युरोप प्रवेश गर्ने उनको योजना थियो। तर, इराक–इरान सीमामा अज्ञात समूहले गोली चलाउँदा उनको घटनास्थलमै निधन भएको थियो।

उनीसँगै हिँडेका दुई नेपाली पनि घटनामा घाइते भएका थिए। इराक प्रहरीले १७ दिन हिरासतमा राखेर उनीहरूलाई रिहा गरेको थियो भने अनरामको मृत शरीर शवगृह पठाएको थियो।