पक्राउ परिन् समाजिक सञ्जालमा अ’श्लील फोटो प्रचार गर्ने काग्रेंसकी यी महिला नेत्री

हाम्रो सन्देश संवाददाता

सिन्धुली ।

अ’श्लील फोटो सामाजिक सञ्जालमा फैलाएर प्रचार गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले सोलुखुम्बु नेचासल्यान गाउँपालिका–१ घर भई कपन बस्ने ३६ वर्षीय इन्दिरा निरौलालाई बुधवार पक्राउ गरी साइबर ब्यूरो भोटाहिटीलाई बुझाएको हो । नेपाली कांग्रेस सिन्धुली जिल्ला कार्यसमिति सदस्यसमेत रहेकी निरौला उजुरी पश्चात फरार थिइन् ।

प्रहरीको खोजी सूचीमा रहेकी उनलाई ठाउँ बदल्दै भागी हिँड्ने क्रममा प्रहरीले कपनबाट पक्राउ गरेको हो ।

एक पीडित महिलाको चरित्र हत्या गर्ने उद्देश्यले व्यक्तिगत तस्वीरहरू साथै आपत्तिजनक म्यासेजलाई विभिन्न व्यक्तिको भाइबर, फेसबुक म्यासेन्जरलगायतका सामाजिक सञ्जालमा पठाएको भन्दै प्रहरी कार्यालयमा उजुरी परको थियो ।

निरौलालाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार आजै काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप भई कार्वाही भइरहेको छ ।