नारायणकाजी श्रेष्ठको पद आफ्नै पार्टीले खोसेपछि…..

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ९ भदौ ।

नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई सो पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नेकपा माओवादी केन्द्रमा प्रवक्ताको जिम्मेवारीबाट नारायणकाजी श्रेष्ठलाई हटाईएको छ ।अब प्रवक्ताको जिम्मेवारी पूर्वसभामुख कृष्णबहादुर महरालाई पाएका हुन् ।

माओवादी केन्द्रीय कमिटी बैठकले महरालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघिका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिको इन्चार्ज बनाइएको छ । केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुन बनेका छन् भने अर्थमन्त्री जनार्दन शर्मालाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

एक्कासी पार्टी प्रवक्ताको जिम्मेवारीबाट श्रेष्ठलाई हटाउनु पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट ब्यक्तिहरुलाई मात्र पद र जिम्मेवारी दिने गरेको र केही दिन अघि सरकारमा जाने विषयमा श्रेष्ठलाई रोक्न खोज्नुनै मुख्य कारण रहेको एक नेताले बताए ।

यस्तै राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ । त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ ।