७ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा झर्यो ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ८ भदौ ।

एक वर्षको अवधिमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत वर्षको भदौ ७ गते र यस वर्ष सोही दिनको तुलनामा सुनको मूल्य ७ हजार ३ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत वर्षको भदौ ७ गते छापावाला सुनको मूल्य ९८ हजार ४ सय रुपैयाँ पुगेको छ । महासंघका अनुसार यस वर्षको सोही दिनसम्म आईपुग्दा नेपाली बजारमा सुनको भाउ घटेर ९१ हजार १ सय रुपैयाँमा झरेको छ ।यस्तै, सोही अवधि(गत वर्षको भदौ ७ देखि यस वर्षको भदौ ७ गतेसम्म) मा चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

उक्त अवधिमा चाँदीको भाउ प्रतितोला १५५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।गत वर्षको भदौ ७ गते प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी यस वर्षको सोही दिनसम्म आईपुग्दा १ हजार १९० रुपैयाँमा झरेको छ ।