हिसाब अर्कै आए पछि मस्ती गर्न चन्द्रागरी पुगेका माधव नेपाल रातभर निदाउन सकेनन्

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ८ भदौ ।

परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेश बाट उचालिएर माधव कुमार नेपालले नयाँ दल दर्ताका लागी निवदेन दिए पनि उनले चाहे जती सजिलो सँग दल दर्ता गर्न नसक्ने अवस्था बन्दै गएको छ ।

माधव नेपालको टिमलाई निर्वाचन आयोगले सनाखतका लागी बोलाएको छ , ठिक त्यहि बेलामा नेकपा एमाललेको तस्रो धार भन्ने नेताहरुले पार्टी एकताका लागी भन्दै एमाले अध्यक्ष ओली सँग सहमती गरेका छन् माधव नेपाललाई सबैभन्दा ठूलो टेन्सन अहिले यसैमा देखिएको छ ।

आजै ११ बजे बस्ने एमाले स्थायी कमिटीको बैठकले महत्वपुर्ण निर्णहरु गर्ने अनुमान गरिएको छ । एमाले एकताका लागी भन्दै बनाइएको कार्यदलले गरेको १० बुँदे सहमती गरेर जाने सहमती हुनासाथ मूलभूत रुपमा एमाले एक हुने डरले नेपाललाई सताएको छ ।

एमाले एक भएको सन्देश जाने वित्तिकै आफ्नो अडान कमजोर हुने र अन्तिमा निर्वाचन आयोगमा सनाखत गर्न जाने बेलामा पार्टी फुटाउन आवश्यक पर्ने २० प्रतिशत पनि संख्या आफु सँग हुने होकी होइन भन्ने डरले माधव नेपाल ठूलो तनावमा रहेको बुझिएको छ ।

नेपालले आफुलाई साथ दिएका केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा पुर्‍याएका छन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बास बस्न गएका हुन् । नेपाल दिउँसो ३ बजेअगावै चन्द्रागिरि पुगेका थिए । यि सबै घटनाक्रमलाई मज्जाले नियाल्ने हो भने पार्टी फुटाउन चाहिने आफुसंग भएको २० प्रतिशत जोगाउन पनि सारै मुश्किल देखिन्छ ।

माधव नेपाल आफ्नै समहू भित्रै कमजोर बन्दै गएका छन् । यस अघि उनलाई साथ दिएका नेताहरु एमालेमै रहने पक्कापक्की भएको छ भने उनीहरुले भने जस्तै माग ओलीले पुरा गरिसक्दा पनि पार्टी विभाजनमा जाँदा थप अप्ठेरो पर्ने देखीएको छ । पदकै लागी र सत्ताकै लागी पार्टी फुटाएको अपजसको भारी माधव नेपालको टाउकामा पर्ने देखिएको छ ।