साेमबार शेयर बजार बन्द रहने, यस्तो छ कारण

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ७ भदाै ।

भोलि सोमबार शेयर बजार बन्द हुने भएको छ । गाइजात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा बिदा दिने भएपछि नेपाल स्ट एक्सचेञ्जले पनि बजार बन्द गर्ने भएको हो ।

शेयर बजारको पहुँच काठमाडौं उपत्यकामामात्रै नभएर देशका अधिकांश जिल्लामा पुगिसकेको छ । २०६८ सालदेखि नै शेयर बजारको पहुँच काठाडौं उपत्यकाबाहिर पुगिसकेको नेप्सेका प्रवक्ता मुराहरी पराजुली बताउँछन् ।

लकडाउनमा पनि बन्द नभएको शेयर बजार उपत्यका बन्द हुँदा देशभरकाले कारोबार गर्न नपाउने गरी बन्द गर्न नहुने केही लगानीकर्ताहरुको माग थियो । शेयर बजारको पहुँच उपत्यकाबाहिर भएपछि नेप्सेको कार्यालय काठमाडौं उपत्यकामा रहेकाले बन्द गर्ने निर्णय भएको प्रवक्ता पराजुलीले बताए ।

सार्वजनिक बिदाबाहेक हरेक आइतबारदेखि बिहीबारसम्म शेयर बजार खुला रहने गरेको छ । गत बिहीबारपछि शुक्रबार र शनिबार नियमित बिदा साथै आइतबार जनै पुर्णिमा र सोमबार गाइजात्राको बिदा पनि शेयर बजार मंगलबारमात्रै खुला हुनेछ ।