मलेसियाको नव प्रधानमन्त्री दातोक श्रि इस्माईल साब्री बिन याकोबले राजासमक्ष लिए शपथ ग्रहण

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर (मलेसिया), ६ भदाै ।

मलेसियाको नव ९ औं प्रधानमन्त्रीको रुपमा नियुक्त हुनु भएका दातोक श्रि इस्माईल साब्री बिन याकोबले राजाद्वारा शपथ ग्रहण लिनुभएको छ।

हिजो शनिबारको दिन नव प्रधानमन्त्रीमा नियुक्त हुनुभएका साब्रीले आज दिउँसो करिब ०२:३० बजे मलेसियाको राजा अल सुल्तान अब्दुल्लाह रियातुदिन अल मुसताफा बिलाल शाहद्वारा इस्ताना नेगारामा प्रधानमन्त्री पदको लागि शपथ ग्रहण लिई पदभार ग्रहणको लागि नियुक्तिपत्र समेत लिनु भएको हो।

उक्त शपथ ग्रहण कार्यक्रममा राजा लगायतको उच्च ओहोदामा आसिन सरकारी पदाधिकारीहरुको साथसाथै निबर्तमान प्रधानमन्त्री तान श्रि मुहिद्धिन यासिन , त्यस्तै दातोक श्रि हाजी अब्दुल हाडि बिन आवाङ्ग , दातोक श्रि डाक्टर अहमद जाहिद बिन हमिदी , दातोक श्रि मोहम्मद नाजिब बिन तुन अब्दुल राजाक लगायतको पुर्व प्रधानमन्त्री र मन्त्री , साँसदहरुको उपस्थिति रहेको थियो।

साब्रीलाई प्रधानमन्त्री बनाउन ११४ जना साँसदहरुले बहुमत सहितको हस्ताक्षर सहितको सहमतिपत्र केहि दिन अगाडि मात्रै राजा समक्ष बुझाएका थिए। सोहि अनुरुप राजाले साब्रीलाई प्रधानमन्त्रीमा नियुक्त गर्दै आज शपथ ग्रहण गराएका हुन।