नारायणकाजीका कारण माओवादी टुक्रिदै, प्रचण्डलाई यस्तो खतरनाक धम्की

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ३ भदाै ।

नेकपा (माओवादी केन्द्र) ले पार्टी प्रवक्तासमेत रहेका राष्ट्रियसभाका सांसद नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाइए धेरै नेता तथा कार्यकर्ताले माओवादी त्याग्ने चेतावनी दिएका छन् ।

उनको माओवादी पार्टीमा त्यति धेरै लगानी छैन । अर्को पार्टीबाट एकीकरण भएर आएका उनले माओवादीमा सधैं अवसर पाइरहेका छन् । उनी प्रतिनिधिसभाको यो निर्वाचनमा गोरखा–२ बाट नयाँ शक्ति पार्टी नेपालका बाबुराम भट्टराइसँग पराजित भएका थिए । त्यसपछि उनी राष्ट्रियसभामा गण्डकी प्रदेशबाट निर्वाचित भएका हुन् ।

अनलाइनमार्ग डटमकलाई स्रोतले दिएको जानकारी अनुसार श्रेष्ठले उपप्रधानमन्त्रीसहित शिक्षामन्त्री मागेका छन् । उनी यसअघि उपप्रधानमन्त्रीसहित गृह, परराष्ट्र मन्त्रीसमेत भइसकेका छन् । यसअघि पनि उनको गुटले प्रायः शिक्षा मन्त्रालय लिँदै आएको छ । उनको गुटबाट गिरीराजमणी पोखरेल पटकपटक मन्त्री भएका छन् । उनले फेरि पनि किन शिक्षा मनत्रालय नै मागे भन्ने विषय पनि प्रमुख रुपमा उठेको छ ।

उनलाई मन्त्री बनाए आफूहरु पार्टीमा नरहने भनेर केहीले उनलाई मन्त्री बन्न नदिने बताउँदै आएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड श्रेष्ठलाई मन्त्री बनाउने कि सिन्धुली –२ बाट प्रतिनिधिसभामा निर्वाचित हरिबोल गजुरेललाई मन्त्री बनाउने भन्नेमा अन्यौल छन् । गजुरेल पार्टीमा द्धन्द्धकालदेखि नै संघर्ष गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई हरेक समयमा साथ दिँदै आएका छन् । गजुरेलको तुलनामा श्रेष्ठको पार्टीमा योगदान थोरै छ ।

प्रचण्डले केही समयअघि ४९ जना सांसदले नै मन्त्री बन्ने ईच्छा गरेपछि मन्त्री छान्न समस्या भएको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।