माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १ भदाै ।

नेकपा एमालेले माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । उनीहरुलाई कारवाही गरी सांसदबाट पदमुक्त गर्न संसद सचिवालय र निर्वाचन आयोगमा समेत पत्र पठाइएको छ ।

कारबाहीमा परेकाहरु यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदमध्येका हुन् ।

यी हुन् कारबहीमा पर्ने सांसदहरु

१. माधवकुमार नेपाल २. मुकुन्द न्यौपाने ३. जीवनराम श्रेष्ठ ४. रामकुमारी झाँक्री ५. कल्याणी खड्का ६. लक्ष्मीकुमारी चौधरी ७. निरादेवी जैरु

८. पुष्पाकुमारी कर्ण ९. सरला यादव १०. कलिला खातुन ११. विरोध खतिवडा १२. कृष्णलाल महर्जन १३. भवानी खापुङ १४. मेटमणी चौधरी