ब्रेन ट्युमरको कारण एक नेपाली चेलीले मलेसियामा ज्यान गुमाईन

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर ,१ भाद्र ।

वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०५४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको शनिबार बिहान मलेसीयाको राजधानी क्वालालम्पुरको एक अस्पतालमा मृत्यु भएको हो।

केहि दिनदेखि अस्पतालमा भर्ना भई उपचाररत सन्जिताको मृत्युको बारे डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टाउकोमा पानी जमेको थियो , हामीले बचाउने कोशिस गर्दागर्दै पनि बचाउन नसकेको डाक्टरको भनाई लाइ उध्रिद गर्दै मृतकको शव हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिए।

टाउकोमा पानि जमेको ले उनको मृत्यु ब्रेन ट्युमरको कारण भएको बुझिएको छ। मृतक तामांग राजधानी क्वालालम्पुर स्थित नेपाली रेष्टुरेन्ट मेरि बाशैँमा बिगत २ बर्षदेखि वैधानिक हैसियतमै काम गर्दै आएकी थिइन्।

हाल मृतकको शवलाई अन्तिम दाहसंस्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात मिलाउने प्रक्रिया थालिएको र शब् ब्यावस्थापनका लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।