माधव नेपाल समूहलाई सहज हुने गरी अध्यादेश ल्याउँदै सरकार, बालकोटमा शीर्ष नेताहरू

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३२ साउन ।

सरकारले संसद अधिवेशन अन्त्य गर्दै दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि एमालेले आन्तरिक रणनीति बनाउन सुरु गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा स्थायी कमिटी सदस्यहरु भेला हुनुभएको छ । बालकोट स्रोतका अनुसार बालकोटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मालगायतका नेताहरु सहभागि हुनुभएको छ ।

संसद अधिवेशन आजै मध्यराति अन्त्य गर्दै देउवाले माधव समूहलाई सहज हुने गरि दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सूचना पाएपछि अध्यक्ष ओलीले स्थायी कमिटीका नेताहरुसँग अनौपचारिक छलफल गर्नुभएको हो ।

केपी शर्मा ओली नेतृत्वको सरकारले संसद छलेर अध्यादेशमार्फत् शासन गरेको आरोप लगाउँदै पाँच दलीय गठबन्धनले देउवा नेतृत्वको सरकार बनाएको थियो । तर देउवा सरकार पनि संसदलाई पन्छाएर अध्यादेशबाटै शासन गर्ने बाटोमा अघि बढेको भन्दै नेताहरुले आलोचना गरेका छन् । चक्रपथ डटकम बाट