ट्राफिक प्रहरी इन्सपेक्टरको कमाई मासिक १२ लाख !

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ साउन ।

मातहतका ट्राफिक कार्यालयसँग मासिक पैसा उठाउने गरेको अभियोगमा नेपाल प्रहरीका दुई एसपीमाथि गत महिना मात्र कारबाही भयो । अञ्चल प्रहरी कार्यालय कर्णालीमा हुँदा संगठित रुपमा घुस उठाएको पुष्टि भएपछि एसपी विमल बस्नेत र रामेश्वर यादबलाई निलम्बन गरी कारबाही गरियो । त्यस्तो असुली धन्दा देशभरीका ट्राफिक कार्यालयमा रहेको पाइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर राजु भण्डारीले मासिक १२ लाख उठाउने गरेको स्रोत बताउँछ ।

कोहलपुर र नेपालगञ्जमा रहेको ट्राफिक कार्यालयले मात्र मासिक ५–५ लाख उठाउने गरेको छ । कुसुममा रहेको कार्याल्यले २० हजार, शम्शेरगञ्जले ४० हजार, चिसापानीले २५ हजार तथा कोलहपुरको मदन चोकको कार्यालयले १० हजार इन्सपेक्टरलाई बुझाउने गरेका छन् ।

सम्झना चोकको ट्राफिक बिटले १५ हजार, राझाले २५ हजार, नेपालगञ्ज बसपार्कले २० हजार, खजुरा धनौलीले १५ हजार, हलदापुरले १५ हजार तथा फुलटेकराले ३० हजार बुझाउने गरेको छ । विगतमा लाइसेन्स खुलेको अवस्थामा थप कमाई हुनेमा त्यो चाँही रोकिएको छ,’ ट्राफिकका एक जुनियर अधिकृत भन्छन्,‘यसरी रेट नै तोकेर उठाउने भएपनि कतिधेरै बदमासी छ भन्ने प्रष्ट हुन्छ ।’ पैसा नबुझाउने इन्चार्जलाई इन्सपेक्टरले तत्काल तान्ने गरेका छन् । अनलाइनमार्गबाट