कुलमान तनावमा, भन्छन्ः म फेरि प्राधिकरणमा नआएको भए राम्रो हुन्थ्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ साउन ।

दोस्रो पटक नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक बनेका कुलमान घिसिङ यसपटक भने त्यति सन्तुष्ट नभएको तथ्य बाहिरिएको छ । एक टेलिभिजनसँगको अन्तरवार्तामा कुलमानले आफू फेरि दोहोरिएर प्राधिकरणको नेतृत्वमा आएपछि चिन्ता व्यक्त गरेका हुन् ।

पहिलो चरणमा जति काम गरे त्यो लेबलको काम गरेर अझ बढी काम गर्नुपर्ने भएकाले आफू चिन्तित रहेको उनको भनाई छ ।

एकपटक राम्रो काम गरेर बाहिरिएको र त्यसको चर्चा पनि राम्रो भएकाले पुनः सोही पदमा आउनुभन्दा बाहिरै बसेको भए राम्रो हुन्थ्यो भन्ने घिसिङले अनुभूति सुनाए ।

‘आम जनताको पनि चाहना एकचोटी प्राधिकरणमा बस्नुपर्छ भन्ने चाहना र सरकारको पनि यो जिम्मेवारी लिनुप‍र्‍यो भन्ने चाहना भएकोले म यहाँ आएको हो । पहिलो कार्यकालको भन्दा बढी काम गर्नुपर्ने भएकाले म चिन्तामा छु ।