‘तेस्रो लहर’आउने सङ्केत देखेपछि गृहमन्त्रालयले दियो यस्तो निर्देशन

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, ३१ साउन ।

सरकारले बढ्दो कोभिड–१९ संक्रमितको अवस्थालाई मध्यनजर गर्दै पहिलो र दोस्रो लहरका बेला सूचीकृत गरिएका अस्पताललाई पुनः सूचीकरण गर्न सम्बद्ध निकायहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयलाई संक्रमितको उपचारका लागि तयार गरिएका आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सुचिकृत गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य आपत्कालीन तथा विपत् व्यवस्थापन इकाइ तथा स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको अनुरोधअनुसार गृह मन्त्रालयले बन्द रहेका देशभरका कोभिड–१९ आइसोलेसन सेन्टर, अस्पताल र शिक्षण अस्पताल पुनः सूचीकरण एवं व्यवस्थापन गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

मन्त्रालयले सूचीकरणसम्बन्धी सम्पूर्ण काम गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूमा प्रत्यायोजन गर्नाका साथै केन्द्र तथा अन्य निकायसँग समन्वय र सहकार्य गर्न निर्देशन पनि दिएको छ ।

यस्तो छ पत्र