एकैदिन थपिए ३,९१५ जना कोरोना संक्रमित, २७ जनाको मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २९ साउन ।

पछिल्लो २४ घण्टामा ३,९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

११ हजार ७ सय ८ पीसीआर परीक्षण गर्दा २ हजार ७६३ जना र ६ हजार ८७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना निको भएका छन् ।

प्रदेश १ मा ७६९ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ७६९ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५२९ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ७५१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, सुनसरीमा १०८, मोरङमा १०४, धनकुटामा १२, इलाममा ११, ते¥हथुममा ५, संखुवासभा र भोजपुरमा ४–४, उदयपुरमा ३, पाँचथरमा २ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

झापाको दमकमा २९, विर्तामोडमा २६, भद्रपुरमा २४, कनकाईमा २१, अर्जुनधारामा ११, मेचीनगरमा ६, शिवसताक्षीमा ५, गौरादह र कमल गाउँपालिकामा ४–४, बुद्धशान्तिमा ३, हल्दिबारी, बा¥हदशी र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा ५५, धरानमा ४१, इनरुवा, रामधुनी र बराहक्षेत्रमा ३–३, दुहवी, गढी र बर्जुमा १–१, मोरङको विराटनगरमा ४१, बेलबारीमा १८, उर्लाबारी र पथरीशनिश्चरेमा १३–१३, बुढीगंगा र मिक्लाजुङमा ४–४, लेटाङ, सुन्दरहरैचा र ग्रामथानमा २–२, केराबारी, कानेपोखरी, रंगेली, रतुवामाई र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा १० र पाख्रिवासमा २, इलामको इलाम नगरपालिकामा ५, चुलाचुली, सुर्योदय र स्थानीय तह नखुलेका २–२, ते¥हथुमको म्याङलुङमा ४ र फेदापमा १, संखुवासभाकोे खाँदबारी र धर्मदेवीमा १–१ र स्थानीय तह नखुलेका २, भोजपुरको भोजपुर नगरपालिकामा ३ र ट्याम्के मयुङमा १, उदयपुरको त्रियुगामा २ र स्थानीय तह नखुलेका १, पाँचथरको फाल्गुनन्द र फिदिममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ सय महिला र ३७५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।