उदयपुरको पोखरी केन्द्रविन्दु भएर भूकम्प

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २८ साउन ।

उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

अनामनगरमा रोकेर राखेको टिपरमा स्कुटर ठोक्कियो, चालकको मृत्यु

काठमाडौंको अनामनगर स्थित सिंहदरबार पूर्वी गेटसँगै रोकेर राखेको टिपरमा स्कुटर ठोक्किएर दुर्घटना भएको छ । मंगलबार राति प्रदेश–३–०१–००६ख ०७९७ नम्बरको टिपरमा बा.२ ब ७५८९ नम्बरको स्कुटर ठोक्किएको थियो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटर चालक सन्देश बुढाथोकीको उपचारको क्रममा सिभिल हस्पिटलमा मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्माले रातोपाटीलाई बताए । सुर्खेत घर भएका २९ वर्षीय सन्देश सामाखुसी बस्दै आएका थिए ।

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनको निर्माण सामग्री लोड भएको टिपरमा बुढाथोकीले चलाएको स्कुटर ठोक्किएको थियो । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ ।