कुलमान नियुक्ति भएकै दिन गोकुलले भने : नाऊ आई लाइक देउवा

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २७ साउन ।

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा मन परेको बताएका छन् । उनले देउवा मन पर्नुको कारण चाहीँ देउवा पत्नी आरजुको नेतृत्वमा साईबर सेल बनाउने सफलता पाएको भनेर उल्लेख गरेका छन् ।

मलाई पनि देउवा मन परो।किनकि मोदी र ममता दिदीले भाजपा र त्रिणमुल कांग्रेस जिताउन हायर गरेका प्रशान्त किशोर( जो अहिले कांग्रेस आइको लागि काम गर्न गैसकेका छन) कै सिको गर्दै आरजु भाउजुको नेतृत्वमा साईवर सेल बनाउने सफलता पाएकोमा।जुन टिमले अहिले सोसल साइटमा भब्य देउवा प्रदशनी चलाउदै छ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्-“मलाई पनि देउवा मन परो।किनकि मोदी र ममता दिदीले भाजपा र त्रिणमुल कांग्रेस जिताउन हायर गरेका प्रशान्त किशोर( जो अहिले कांग्रेस आइको लागि काम गर्न गैसकेका छन) कै सिको गर्दै आरजु भाउजुको नेतृत्वमा साईवर सेल बनाउने सफलता पाएकोमा।जुन टिमले अहिले सोसल साइटमा भब्य देउवा प्रदशनी चलाउदै छ।”