फेरी सुरुभयो कडा निषेधाज्ञा, ८ वजेवाट गाडी चलाउन पाइन्न अरु के के छन् नयाँ नियम ?

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २६ साउन ।

महामारीको जोखिम दिनहुँ बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले फेरी कडाई गर्ने भएको छ । उपत्यकामा बेलुकी आठ बजेपछि रातिको समयमा गाडी चलाउन नपाइने भएको छ । संक्रमितको संख्या बढ्दै जाने तर सर्वसाधारणले सतर्कता अपनाउने तर्फ ध्यान नदिएका कारण अब उपत्यकामा कडाई गर्न लागिएको हो ।

काठमाण्डौ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आउँदो बिहीवारदेखि लागू हुने गरी नयाँ नियम लागू गरेका छन् । जसमा सांझ ८ वजेपछि गाडी चलाउन पाइने छैन । निषेधाज्ञा समेत थप गरिने भएको छ ।

यस्तै स्थानीय ढुवानीका साधनहरू बिहान नौ बजेदेखि ११ बजेसम्म र दिउँसो चार बजेदेखि सात बजेसम्म सञ्चालन गर्न पाइने छैन । यस्तै शैक्षिक संस्थाहरूमा भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाइने, मन्दिरहरूमा

नित्य पूजाबाहेकका गतिविधि गर्न नपाइने, सभा–सम्मेलन, पाटी प्यालेस, डान्स बार, दोहोरी, स्विमिङ पुल लगायतका ठाउँ पनि खोल्न पाइने छैन । थपिएको निषेधाज्ञा आउँदो भदौ आठ गतेसम्म रहनेछ ।