सत्ता गठबन्धनले देश लुट्न न्यूनतम साझा कार्यक्रम ल्याए: केपी ओली

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २५ साउन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वरिष्ठ नेता माधवकुमार नेपालले निर्लज्ज काम गरेको बताएका छन्।

ललितपुरको च्यासलमा सुरु भएको ११ औँ केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले नेता नेपालप्रति आक्रोश पोखेका हुन्।

अहिले सरकार परिवर्तन भएको छ। तर यसलाई हामीले शान्तिपूर्ण ‘कु’ का रुपमा लिएका छौँ, उनले भने, जनताबाट सरकार परिवर्तन भएको होइन, परमादेशबाट हो।

उनले परमादेश ल्याउन निर्लज्ज काम भएको भन्दै नेता नेपालप्रति पनि आक्रोश पोखे। परमादेश ल्याउन यति निर्लज्ज अन्तर्घात, असंसदीय, अनुशासनहीन काम इतिहासमा कहीँ पाइँदैनु, उनले भने, हाम्रै भित्रका अन्तरघातीहरुबाट यो कुरा भएको छ। नामका वामपन्थी कामका दक्षिणपन्थीहरुको पनि सहभागितामा सरकार बन्ने कोसिस भएको छ।

ओलीले एक महिनासम्म मन्त्रिपरिषद् विस्तार नभएकोमा पनि कटाक्ष गरे। एक महिनासम्म सरकार नै गठन हुन सकेन। गम्भीर समस्या सुरु भइसक्यो भनेर बुझे हुन्छु, उनले भने, एक महिनासम्म सरकार नै बन्न सकेको छैन। पार्टीको आन्तरिक समस्याले संसद विघटन गर्न पाइन्छ भनेर हाम्रो आलोचना गरियो। अहिले देख्नु भयो होला नि।

उनले अहिले विभिन्न दलको तानातानमा एक महिना खेर फालिएको बताए। दलहरूको तानातानमा एक महिना खेर फालिसकिएको छु, उनले भने, उहाँहरुले जनताका लागि के गर्ने होइन, के भत्काउने भनेर काम सुरु भएको छ।

ओलीले सत्तारुढ गठबन्धनको कार्यक्रमलाई शब्दजालको संज्ञा दिए। न्यूनतम साझा कार्यक्रम शब्दजाल हो। देश लुट्ने कार्यक्रम होु, उनले भने, ुहामी सरकारमा हुन्जेल उनीहरु एमसिसीका बारेमा हो(हल्ला गर्थे। अहिले क्रान्तिकारीहरु सरकारमा भएको बेला सीधै खारेज गर्छौँ भन्न सक्नुपर्यो नि !,

ओलीले एमसिसी संसदमा हुँदा पनि पास फेल गर्नेबारे केही नबोलेको भन्दै कटाक्ष गरे। एमसीसी संसदमा छ पास गर्ने कि फेल गर्ने भन्नेबारेमा एक शब्द छैनु, उनले भने, एमसीसी के हो ? सरकारसँग केही पनि जवाफ छैन। एमसिसीबारे जसले वार्ता गर्यो, जसले सम्झौता गर्यो उहाँहरु अहिले सरकारमा हुनुहुन्छ। एमसिसी पारित हुन १३८ मत चाहिन्छ। उहाँहरूसँगै १६५ मत छ।

उनले एमसिसीबारे एमालेसँग केही कुरा नगरेको बताए। एमसिसीबारेमा हामीसँग केही कुरै गरेको छैनु, उनले भने, त्यसैले हामीले त्यसमा सहभागी हुनुपर्ने वा नपर्ने भन्ने प्रश्नै भएन। दैनिक न्यूज नेपाल