हिन्दु राष्ट्र लागु र संघियता खारेजीको विकल्प छैन चाहे राजा आओसः रविन्द्र मिश्र

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २३ साउन ।

विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राष्ट्रियता कमजोर हुन नदिनका निम्ति हिन्दु धर्म जबर जस्त लागु गर्नु पर्ने र संघियता खारेज गनु पर्न जस्ता गम्भीर मुद्धालाई उठाई नेपालको संविधानलाई नै चुनौती दिने अभिव्यक्ती एक टेलीभिजन कार्यक्रम मार्फत पुनः दोहोराएका छन् ।

मिश्रले स्वबिचारि ढङगले पार्टी गत निणर्य नभएर व्यक्तिगत निर्णय गरेर आम जनताको आलोचनाको पात्रो बनेका छन् । बास्तमा भन्ने हो भने रविन्द्र मिश्र उनी आफै क्षेत्रीय विखण्डनकारी र अरुको धर्म रिती तिथी र सस्कारलाई मास्ने र आफ्नो हिन्दुत्व लागु गर्न विचार भएको र यस्ता सोच भएका नेताहरुको कारणले देश गम्भिर धार्मीक दन्द्धमा जाने निश्चित प्रया छ ।

नेपालमा अहिले सम्म धामिक द्धन्द नभएको तर रविन्द्र जस्ता धार्मिक र क्षेत्रीय विखण्डनकारी नेताहरुलाई बेलैमा तहनलगाउने हो भने यो देश जनमत संग्रहको नाममा सिक्किमीकरण नहोला भन्न सकिन्न किनकी हिन्दु राष्ट्रको नाराको साथमा विशाल दक्षिण छिमेकी देश भारतको अप्रत्क्ष सहयोग हुने देखीन्छ । रवीन्द्र मिश्र २०७४ सालमा राजनीतिक दलको अस्तित्वका रुपमा आउदा उनले भनेका थिए अबको देश समृद्धी भनेकै संघीय राजनीति बाट हुने बताएका थिए ।
तर किन ३ वर्षको अन्तारलमा छेपारो ले झै रुप फेरीरहेका छन । के उनी राजाल्याउने एजेन्टका रुपमा खडा भएका हुन् । हो भने देश धेरै परिर्वतन भइसकेको छ अव नेपाली जनता १० वर्ष जन युद्ध र ६२ -६३ मा भएको जनआन्दोलन पुन दोहोराउन चाहादैनन । विकास र सम्पन्नता भनेको हिन्दु राष्ट्र घोषण र संघीयता खारेज गरेर राजा ल्याएर पटक्कै हुदैन यो कुरा बुझ्न ईतिहास साक्षी छ ।

बास्तमा भन्ने हो भने नेपालमा भएको संघियताले गर्दा गाउँघर मै सिहदरवार भएको महसुस हुन थालिसकेको छ । शक्ति विकेन्द्रीकरण भई सकेको छ । पहिला विकाश राजाको दरवार वरिपरि हुन्थ्यो भने अहिले दुर्गम जिल्ला देखी सुगम जिल्ला सम्म बराबर प्रथामीकतामा परेको अवस्था छ ।

के हामीले राजन्त्रमा रेडियो सुन्न , साईकल चलाउन अनुमति पत्र (लाईसेन्स) लिएका होइन र गोरुगाढा चलाउन नम्बर प्लेट नलगाईएको हो र । महिलाले अक्षर चिन्दा बोक्सी हुन्छे भनेर कुप्रचार गरेर देशलाई २ शताब्दि पछि पार्ने यी नै राजा र हिन्दु राष्ट्रको वकालत गर्नेहरु होईनन र । रविन्द्र मिश्रलाई राजनीति भनेको पत्रकारितामा समचार लेखे जस्तो र अरुलाई प्रश्न गरेजस्तो सहज लागेर आएका होलान् राजनीतिमा गाह्रो भएको होला त्यहि भएर उनले आफ्नो एजेन्डा नै फेरेका होलान् ।

के नेपाली जनताहरु मिश्र जस्ताहरु मात्र छन् यो सरासर गलत हो नेपाली जनताहरुमा नेतामा भन्दा ठुलो सोच र चेतना छ यो गणतन्त्र हो कुनै राजाको शासनको पालो होईन डोल बजाएर उर्धी लगाउदै हिन्दु राष्ट्र घोषण गर्न र संघीयता खारेज गर्नलाई । लोकतन्त्र र गणतन्त्रमा हरेक नागरिकलाई आफ्नो स्वतन्त्रता हुन्छ नेपालको सविधान भित्र रहेर जे पनि गर्न पाउछन् । दैनिक न्यूज नेपाल बाट