चोरी आरोपमा समातिएका युवाको प्रहरी हिरासतमा मृत्यु

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २३ साउन ।

चो री आरोपमा प्रहरी हिरासतमा रहेका एक युवाको मृ त्यु भएको छ । इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा रहेका सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङका युवाको शुक्रबार बिहान उपचारको क्रममा काभ्रेको धुलिखेल अस्पतालमा मृ त्यु भएको हो ।

घुम्थाङ–७ मा रहेको घुम्थाङ बचत तथा ऋण सहकारीमा साउन १७ गते राति कार्यालयको ढोका फोरेर ८१ ह्जार ७२५ रुपैयाँ चोरी भएको थियो । चोरीको आरोपमा प्रहरीले साउन १९ गते घुम्थाङकै ३२ वर्षका खडगबहादुर तामाङलाई चो री भएको नगद ५८ हजारसहित प क्राउ गरेको थियो ।

प्रहरीले तामाङलाई म्याद थप गरेर इलाका प्रहरी कार्यालय बाह्रविसेको हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।

प्रहरी हिरासतमा भएकै बेला उनी बिरामी भएपछि प्राथामिक स्वास्थ्य केन्द्र बाह्रविसेमा लगेर परिवारका सदस्यसहित उपचार गरिएको एसपी अधिकारी बताउँछन् । ‘हिरासतमा रहेका तामाङमा स्वास्थ्य समस्या रहेछ, हामीले उनको परिवारलाई पनि खबर गरेका थियौं’, एसपी अधिकारीले भने– ‘धुलिखेलमा उपचारका लागि पनि परिवारका मान्छेसहित पठाएका थियौं ।’

नियमित मा दक पदा र्थ से वन गर्ने र प्रहरी हिरासतमा रहँदा मा दक पदा र्थ से वन गर्न नपाएपछि उनको स्वास्थ्यमा समस्या आएको प्रहरी प्रारम्भिक अनुसन्धानले देखिएको छ । ‘हिरासतमा हुँदा नै टाउको ठो क्ने, शरीरमा टो क्नेलगायत अस्वभाविक क्रियाकलाप गरिएको सीसीटीभी फुटेजमा पनि देख्न सकिन्छ’, एसपी अधिकारीले भने– ‘उनको सबै गतिविधि प्रहरीको सीसीटीभीमा सुरक्षित छ ।’

तामाङका आफन्तहरुले भने हिरासत भित्र प्रहरीको कु टाइले मृ त्यु भएको आरोप लगाएका छन् । ‘शरीर भर निल डाम र चो टपटक देख्न सकिन्छ । प्रहरी हिरासमतमा भएको व्यक्तिको शरीरमा कसरी चो टपटक लाग्छ ?’ मृतकका आफन्तहरुले प्रश्न गरेका छन् । तर प्रहरी भने आरोप स्वीकार गर्न तयार छैन ।

‘हिरासत कक्षमा हामीले सीसीटीभी जडान गरेका छौ,अरु आ रोपीतहरु पनि हिरासतमा छन’, प्रहरी प्रमुख एसपी अधिकारीले भने, ‘घटनाको छानबिनका लागि डीएसपीको कमाण्डमा टोली पठाएका छौं । जिल्ला प्रहरी मातहातका कार्यालयमा हिरासत कक्षमा प्रहरीले सीसीटीभी राखेकाले त्यसबाट सबै प्रष्ट हुने प्रहरीले भनेको छ । रासस