मलेसियाबाट आयो यस्तो दुखद खवर ! कोरोना संक्रमणबाट नेपालीको मृत्यु

हाम्रो सन्देश संवाददाता

मलेसिया, २३ साउन ।

कोरोना भाइरसको संक्रमणले मलेसियामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

मलेसियाको जेके सेक्युरिटी कम्पनीमा कार्यरत संखुवासभा मादी नगरपालिका ठेगाना भएका ३९ वर्षीय प्रेम कुमार राईको कोरोना संक्रमणपछि मृत्यु भएको त्यहाँ रहेको नेपाली दूतावास स्रोतले जनाएको छ ।

कोरोना पोजेटिभ देखिएपछि राई चार दिनदेखि कम्पनीकै होस्टेलको आईसोलेनमा बसिरहेका थिए । संक्रमणले थप जटिल बनाएपछि कम्पनीले उनलाई त्यहाँको सेलायाङ्ग अस्पतालमा लगेर भर्ना गरेको थियो ।

उपचारकै क्रममा सोमवार उनको मृत्यु भएको बताइएको छ । मृतक राई विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । मलेसियामा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

नेपाली दूतावासका द्वितीय प्रतीक कार्कीले अहिलेसम्म कोरोनाले मलेसियामा ४० नेपाली श्रमिकले ज्यान गुमाएको जनाएका छन् ।