प्रधानमन्त्री देउवा र प्रचण्डले जनभावनाको उच्च कदर गर्दै एमसीसी पारित नगर्ने

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २२ साउन ।

एमसीसी वि:रुद्ध चौतर्फी विरोध देखिरहेका प्रधानमन्त्री शेर बहादुर देउवा तत्काल एमसीसी संसदमा पेश नगर्ने मुडमा देखिएका छन् ।

सत्तारुढ गठबन्धनको कार्यदलले पनि परराष्ट्र नीतिमा न्युनतम राष्ट्रिय सहमतिको प्रस्ताव गर्दै एमसीसी तत्कालै संसदमा टेवल नगर्ने संकेत दिएको छ । यस अघि अघिल्लो सरकारका बेला देउवाले काँग्रेसका तर्फबाट एमसीसी छिटो पास गर्न दबाब दिएकाले एमसीसी उनी प्रधानमन्त्री भएपछि पारित हुन्छ

भन्ने आकलन गरिएको थियो । तर जनस्तरमा भएको विरोधलाई समेत ध्यानमा राखेर एमसीसी थाँती राखिने संकेत देखिएको छ । अमेरीकाले एमसीसी पारित छिटो गर्न दबाब दिँदै आएको छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले तत्काल एमसीसी पारित नगर्न दबाब समेत दिईरहेको बुझिएको छ ।

एमसीसी अमेरीकी सहायतामा आधारित परियोजना हो । जस मार्फत नेपाललाई ५६ अर्ब रुपैया प्राप्त हुने भनिएको छ ।