राष्ट्रपति भण्डारीको विकल्प खोज्न लागिएको खुलासा, ओलीले किटिदिए अबको राष्ट्रपति !

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ साउन ।

नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धनले एमालेको सरकार ढाल्यो । गठबन्धनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालकोट पुर्याएपछि अब शीतलनिवासको पनि व्यवस्थापनबारे चहलपहल बढेको चर्चा सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर गठबन्धनबाट राष्ट्रपति बनाइन लागेको खुलासा तत्कालिन प्रम ओलीले नै गरेका हुन् । यतिबेला एमाले ओलीपक्ष राष्ट्रपतिमाथि महाअभियोग लगाइने भन्दै चिन्तित छ । ओलीले निकटवर्तीहरुसँग भने ‘चोलेन्द्र, झलनाथ र रामचन्द्रमध्ये एकलाई राष्ट्रपति बनाउने भनेका छन् रे !’

‘यत्रो राम्रो काम गरिरहेको राष्ट्रपतिलाई यसरी गालीगलौज गर्ने ?’ ओलीले भने । ओली निवास बालकोटमा बागमती प्रदेश सरकारको भविष्यबारे कुराकानी गर्नका लागि माधवपक्षका अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, ओलीपक्षका मुख्यमन्त्री डोरमणि पौडेल, मन्त्री केशव पाण्डे र प्रमुख सचेतक दीपक निरौला लगायतको उपस्थितिमा केही दिनअघि भएको कुराकानीमा ओलीलेचिन्ता व्यक्त गर्दै अब प्रधानन्यायाधीश चोलेन्द्र जबरा, एमाले नेता झलनाथ खनाल र कांग्रेस नेता रामचन्द्रमध्ये एकलाई राष्ट्रपति बनाइने भन्दै नामै किटेका हुन् ।