गगन थापालाई पछि पार्दै स्वास्थ्यमन्त्रीमा योगेश भट्टराई नियुक्त

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, २० साउन ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालको आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ । स्रोतका अनुसार बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बुधबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाएका थिए ।

एक नेताका अनुसार उपत्यका बाहिर रहेका केन्द्रीय सदस्यहरु नआइपुगेपछि बैठक स्थगित भएको हो । नेता नेपालले जारी एकता प्रक्रियाबारे छलफल गर्न केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन् ।

एकताका निम्ति जुटेको दशबुँदे सहमति र संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि नेता नेपालले आफू निकट स्थायी कमिटी सदस्य र सांसदहरुसँग छलफल गरिसकेका छन् ।

स्रोतका अनुसार नेपाल समूह प्रदेश सरकारमा सहभागी हुने सम्भावना बढेको छ। एक नेताका अनुसार नेपाल समूहलाई ३ प्रदेश प्रमुख दिने भएको छ।

स्रोतका अनुसार नेपाल समूह सरकारमा सहभागी भए स्वास्थमन्त्रालय पाउने भएको छ । नेपाल समूहले स्वास्थमन्त्रालयसहित ७ मन्त्रालय पाउने भएको छ ।
नेपाल समूहलाई प्रदेश प्रमुख समेत दिने स्रोतले बतायो। साथै संवैधानिक नियुक्तिमा पनि विशेष स्थान दिने स्रोतले बतायो।

नेपाल समूह सरकारमा सहभागी भए योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, प्रेम आले, किसान श्रेष्ठलगायत नेताहरु मन्त्री बन्ने पक्का भएको छ।

यसअघि नै बागमती प्रदेशको लागि अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने तयारी भएको छ।

पटक-पटक छलफल गर्दै आए पनि नेपाल समूह संघिय सरकारमा सहभागी नहुने भएपछि प्रदेश सरकारमा सहभागी गराउने भएको छ। नेपाल समूहलाई देउवा र प्रचण्डले पटक-पटक छलफल गरि सरकारमा सहभागी हुन आग्रह गर्दै आए पनि कुनै निर्णय दिएको छैन।