भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान्’ – नायिका सारंगा श्रेष्ठ

हाम्रो सन्देश संवाददाता

कुनै बखतकी नेपाली चलचित्रको नायिका सारंगा श्रेष्ठले सदावहार नायक भुवन केसीको बारेमा गरेको टिप्पणीले निकै चर्चा पाएको थियो । सारंगा श्रेष्ठले भनेकी थिइन्, ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’ न बुढो भएपनि मन बुढो हुंदैन भन्ने उखान नायक भुवन केसीलाई मिल्ने देखिन्छ ।

६० बर्ष पुग्दापनि भुवन केसी युवती र महिलासंगको सम्बन्धका कारण चर्चामा आइरहन्छन् । अचम्म त के भने स्त्री पट्याउन सिपालु यि नायक सम्बन्ध टिकाइरहन भने कमजोर सावित भइसकेका छन् । भुवनले औपचारिकरुपमा दुईवटा श्रीमती बनाए । तर, दुबैले उनको घरबार छोडे ।

भुवनको नामको पुच्छरमा झुन्डिने अर्को विशेषण हो प्ले‘ब्वा‘इसम्भवतः उनले झेल्ने सबैभन्दा पट्यारलाग्दो प्रश्न पनि यो हो कि, ‘तपार्इंस्‘त्रील‘म्पट हुनुहुन्छ ?’ यसमा भुवनले आफ्नो बचाउको जवाफ जसरी पनि दिन सक्छन् । वर्षौंदेखि उनी मिडियाको घेराबन्दीमा छन् । उनीमाथि अनेक आरोप–प्रत्यारोप लागिरहन्छ । त्यस्ता कुरा सहन वा पचाउन उनलाई पाचक खाइरहनु पर्दैन । उनलाई कसैले ‘स्त्रीलम्पट हुनुहुन्छ’ भनेर सोध्यो भने उनले प्रश्नकर्तालाई जिल्याउने जवाफ दिन्छन्, ‘म आफैं ह्यान्डसम छु, त्यसै पनि केटीहरू मेरो पछि लाग्छन् त म के गरौं ?’

सुरा र सुन्दरीसँग भुवन केसीको अभिन्न नाता छ । यस्तो लाग्छ, सुन्दरीको साथ छाडेर भुवन रमाउनै सक्दैनन् । उनी कहीँ न कतै युवतीको आलिंगनमा बेरिएकै हुन्छन् । कुनै समय जिया केसीसँगको रहस्यमयी सम्बन्धमा थिए भुवन । उनीहरूले औपचारिक रूपमा आफ्नो सम्बन्ध खुलाएका थिएनन् । न बिहे गरेका छन्, न अलग भएका छन् । घोषित पति–पत्नी भने होइनन् । कुनै बेला जियाले ‘भुवनसँग विवाह गर्न तयार छु’ भन्दा भुवनले त्यसको जवाफ दिएका थिए, ‘उनी मेरो फ्यान भएकाले त्यसो भनिन् होला ।’

जियाअघि भुवन एक महिलाको अफेयरमा थिए । हुनत उनीहरूले आफ्नो सम्बन्धलाई कहिल्यै स्विकारेनन् । यद्यपि भुवन र बुटिक सञ्चालन गर्ने ती महिलाबीचको सम्बन्धले बजार निकै रापिलो बनायो । उक्त महिलाको गाडीमा चढेर कतै बत्तिइरहेका भुवनलाई महिलाका श्रीमान्ले बाटो छेकेर हेलमेटले कुटेको खबरले सनसनी मच्चायो । खबरअनुसार त्यस दिन कोटेश्वरनजिक भुवन केसीले कुटाइ खाएका थिए ।

तर, पछि एक अन्तर्वार्तामा भुवनले त्यस प्रसंगमा यस्तो जवाफ दिए, ‘त्यस दिन म केटी साथीसँग उनको बुटिकको विज्ञापनका लागि लोकेसन हेर्न जाँदै थियौँ । उनको श्रीमान् र परिवार छ भन्ने थाहा भएन । कसैसँग मित्रता गाँस्नुअघि बायोडाटा माग्ने कुरा पनि भएन । कोटेश्वर पुग्न लाग्दा अचानक एक मोटरसाइल आएर हाम्रो गाडी रोक्यो । उहाँ मेरी केटी साथीको श्रीमान हुनुहुँदो रहेछ । उहाँहरूबीच भनाभन भएपछि एउटा जेन्टलमेनले त्यहाँ बसिरहनु मिल्दैन ।’ आफूमाथि कसैले हातपात गरेको कुरा निराधार रहेको भन्दै उनले त्यसको पुष्टि गर्न समेत चुनौती दिए ।

यद्यपि सारङ्गा श्रेष्ठले ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान्’ भन्नु । दुईजना पत्नी विवाह गर्नु र दुवैसँग डिभोर्स गर्नु । नव नायिकासँग लिभ इन टुगेदरमा बस्नु । अर्काकी पत्नीसँग रहस्यमयी घनिष्ठता गाँस्नुले उनको छबी उदाङ्गो हुन्छ ।

त्यसो त जतिबेला उनी करियरको उत्कर्षमा थिए, त्यसबेला यस्तो लफडा झेलेकै थिए । कुनै जमानामा फिल्म ‘महादेवी’को एउटा दृश्यमा भुवनले करिष्मा मानन्धरलाई चुम्बन गर्नुपर्ने दृश्य बारम्बार रि–टेक भएपछि विवाद पैदा भएको थियो । उक्त दृश्य भुवनको नियोजित ‘षड्यन्त्र’ भएको चर्चा आज पनि सेलाइसकेको छैन ।

भुवनले जीवनमा दुई जनासँग विवाह गरे । दुवै जनासँग डिभोर्स भयो । जेठी पत्नी विजया केसी अहिले अमेरिकामा छन् । उनीतर्फका दुई छोरा र छोरी अमेरिकामै हुर्किसकेका छन् । कान्छी पत्नी सुष्मिता बमजन अलग्गै बस्छिन् । उनीतर्फका छोरो अनमोल केसी अहिलेका सर्वाधिक महंगा सुपरस्टार हुन् । उनै सुपरस्टार छोरोको ब्रन्डिङदेखि मार्केटिङसम्मको काममा भुवन अघि सर्छन् ।