अगस्टभरको अन्तर्राष्ट्रिय उडान तालिका : कुन एयरलाइन्सले कति उडानको अनुमति पाए ? (हेर्नुहोस् तालिका)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ, १८ साउन ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सन् २०२१ को अगष्टभर अन्तर्राष्ट्रिय हवाई उडानसम्बन्धी उडान तालिका सार्वजनिक गरेको छ । प्राधिकरणकले १ अगस्टदेखि ३१ अगस्टसम्म विभिन्न एयरलाइन्सहरुको उडान तालिका सार्वजनिक गरेको छ ।

प्राधिकरणका अनुसार एयर इन्डियाले हप्ताको आइतबार, मंगलबार र शुक्रबार उडानको अनुमति पाएको छ । फ्लाई दुबईले मंगलबार, बुधबार र शुक्रबार, हिमालय एयरलाइन्सले हप्तामा १३, नेपाल एयरलाइन्सले १५, कोरियन एयरलाइन्सले हप्ताको बुधबार, मालिन्दो एयरलाइन्सले हप्ताको सोमबार, बुधबार र शनिबार उडान गर्ने अनुमति पाएका छन् ।

यसैगरी सलाम एयरलाइन्सले हप्ताको आइताबर, मंगलबार र बिहीबार, टर्किस एयरलाइन्सले सोमबार, बिहीबार र शनिबार र सिंगापुर एयरलाइन्सले हप्ताको आइतबार एकपटक उडान गर्ने अनुमति पाएका छन् ।

दैनिक उडानतर्फ कतार एयरलाइन्स र जजिरा एयरलाइन्स उडानको अनुमति पाएका छन् ।