मलेसियामा अवैधानिक हैसियतमा कार्यरत नेपाली श्रमिक रन बहादुरको उपचारको क्रममा मृत्यु

हाम्रो सन्देश संवाददाता

क्वालालम्पुर, १८ साउन ।

वैदेशिक रोजगारीको निम्ति मलेसियामा अवैधानिक हैसियतमा कार्यरत एक नेपाली श्रमिकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

मलेसियामै यताउता भौतारिदै रोजगारदाता कम्पनी छाडेर बिगत १७,१८ बर्षदेखि भागेर अवैधानिक हैसियतमा रहि काम गर्दै आएका नेपाल ठेगाना खोटाङ जिल्ला खोटेहाङ गाउँपालिका वडा नम्बर.५ चिप्रुङ निवासी रन बहादुर बिष्टको मलेसियाको काजाङ अस्पतालमा उपचारको क्रममा गएको महिना जुलाई ३१ तारिखको दिन मृत्यु भएको संगै काम गर्ने नेपालीहरुले जानकारी गराउनु भएको छ।

जानकारी अनुसार मृतक बिष्ट गएको शुक्रवारको दिन बेलुका आफू बसेको ठाउँमै अच्चानक बेहोस भएका थिए। लगत्तै अन्य नेपालीहरुको सहयोगमा थप उपचारको लागि बिष्टलाई अस्पतालमा भर्ना गरिएको थियो, तर उपचार गर्दागर्दै पनि उनको मृत्यु हुन पुगेको जानकारी प्राप्त भएको छ।

पोस्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले रण बहादुर बिष्टको मृत्युको कारणबारे भने खुलाइएको छैन।
मृतकको शव काजाङ अस्पतालमै राखिएको छ।
मृतकको शव नेपाल पठाउन नेपाली जनसम्पर्क समिती मलेसियाले मलेसिया स्थित नेपाली दूतावाससंग समन्वय गरि पहल थालिएको बताइएको छ।